Close This

शेखर समूहले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रम

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

काठमाडौँ,१० असोज ।नेपाली कांग्रेसका डा.शेखर कोइराला समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको शेखर समूहको बैठकले पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको हो।

बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने निर्णय गरेको छ। १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ।  

समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ।