Close This

रुसको स्कुलमा गोलीबारी, कम्तिमा १३ जनाको मृत्यु

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
एजेन्सी

एजेन्सी, मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । इज्हेभ्स्क सहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मारिनेमा ७ जना विद्यार्थीहरू रहेका छन् ।

घटनामा आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ । हालसम्म घटनाको कारण खुल्न सकेको छ । उद्धारकर्ताहरू घटनास्थलमा पुगिसकेका छन् । रुसी मिडियाले स्कुलको भवनभित्रको भिडियो सार्वजनिक गरेका छन् जहाँ विद्यार्थीहरू आत्तिएको देख्न सकिन्छ । केही भिडियोमा कक्षाकोठाको भुइँमा रगत र सिसामा गोलीको दुलो लगायत देख्न सकिन्छ ।

मारिने अन्यमा दुई जना शिक्षक र दुईजना सेक्युरिटी गार्डसमेत रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन् । विद्यालय भवनलाई अहिले खाली गरिएको छ । स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन् । एक भिडियोमा सम्भावित आक्रमणकारी नाजीको सङ्केत भएको टिसर्ट लगाएर भुइँमा मृत देख्न सकिन्छ ।