Close This

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी किरणले गर्ने

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

काठमाडौं, १० असोज । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् ।

नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेश विरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको छ । तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।