एनसीसी र कुमारी बैंकले गरे मर्जरको सम्झौता
सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

काठमाडौं, १० असोज । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकबीच मर्जर हुने भएको छ । सोमबार दुई कम्पनीले कार्यक्रम गर्दै आफूहरूबीच मर्जर सम्झौता हुन लागेको जानकारी दिएका हुन् ।
विगत लामो समयदेखि मर्जरको प्रयासमा रहेका कम्पनीहरू अन्तत गाभिन सहमत बनेका हुन् । बैंकका सञ्चालकहरूबीच सहमती जुटेपछि सोमबार कार्यक्रम नै गरेर बैंकहरूले मर्जरको घोषणा गरेका हुन् । दुई बैंकका सञ्चालकहरूबीच १ः१ को अनुपातमा मर्जर हुनेछ ।
तर, सम्पत्ती तथा दायित्व मूल्यांकन (डीडीए) पछि सेयर मूल्यमा पर्ने फरकसँगै सेयर अनुपात भने फेरिन सक्छ । हाल एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ छ । यस्तै, कुमारी बैंकको चुक्तपूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया