Close This

सुनको मूल्य ९३ हजार पुग्यो

शुक्रबार असोज १४, २०७९/ Friday 09-30-22
Paschim Today

काठमाडौँ,१४ असोज । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बिहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रुपैयाँले बढेको थियो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो बिहीबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूलमा कारोबार हुने महासङ्घले जनाएको छ ।