Close This

कार्तिक १ गतेदेखि कैलालीको स्याउलेमा उद्धव श्रीमाल स्मृति कप हुने

सोमबार असोज १७, २०७९/ Monday 10-03-22
Paschim Today

धनगढी,१७ असोज । कैलालीको गोदावरी नगरपालिका ८ स्थित स्याउलेमा उद्धव श्रीमाल स्मृति कप हुने भएको छ । सैपाल युवा क्लबको आयोजनामा कार्त्तिक १ गतेदेखि प्रथम उद्धव श्रीमाल स्मृति कप हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रथम स्वर्गीय उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता २०७९ बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सैपाल युवा क्लबका अध्यक्ष सुरेन्द्र बोगटीले आउँदो कार्तिक १ गतेदेखि ७ गतेसम्म प्रतियोगिता हुने बताए ।

सैपाल युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५ रुपैयाँ र मेडल तथा ट्रफि रहेको बोगटीले बताए ।

त्यसै गरी द्धितिय पुरस्कार २५ हजार ५२५ रुपैयाँ र मेडल तथा ट्रफि राखिएको रहेको छ भने खेलमा म्यान अफ द म्याचलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । खेल अवधिभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र खेलाडी चुनी एक एक हजार रुपैयाँ प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । खेल खुल्ला सिस्टमबाट खेलाइने भएकोले जति ओटा टिमले पनि सहभागिता जनाउन सक्नेछन्।

टिम दर्ता शुल्क चार हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । सबै खेलहरू नकआउट चरणमा खेलाइने बताइएको छ । प्रतियोगिताको अनुमानित खर्च ५ लाख ५६ हजार रुपैयाँ आउने आयोजकको अनुमान छ ।  प्रतियोगिता कार्तिक ७ गते सम्पन्न हुने छ ।