Close This

नेपालमा थप १४ जनामा कोरोना पुष्टि

मंगलबार असोज १८, २०७९/ Tuesday 10-04-22
Paschim Today

काठमाडौं,१८ असोज ।  नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा एक हजार १२७ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १४ जनाको नतिजा पोजिटिभ आएको हो ।

४३७ नमुनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखियो । ६९० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा भने कोही व्यक्तिमा पनि संक्रमण देखिएन ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८७ हजार १३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७९८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

No photo description available.