Close This

गगनसिंह थापाको आठौं कृति अस्ताचलको ढोकाबाट बिमोचन

आइतबार असोज २३, २०७९/ Sunday 10-09-22
Paschim Today

टीकापुर(कैलाली), २२ असोज ।

स्वर्गीय आख्यानकार गगनसिंह थापाको आठौं कृति अस्ताचलको ढोकाबाट उपन्यास उनको गृहनगर टीकापुरमा शनिवार विमोचन गरिएको छ ।

उपन्यासको विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाका कृतिहरुहरुले दिने सन्देश, त्यसको विषयवस्तु, लेखकीय शैली बिशिष्ट रहेको बताए । जोशीले स्वर्गीय थापा सुदूरपश्चिमको मात्र नभएर देशकै उत्कृष्ट साहित्यकार भएको चर्चा मात्र गरेनन, उनले थापाका कृतिहरु कालजयी भएको बताए ।

साहित्यकार जोशीले थापाको लेखकीय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफुले पछ्याउँदै आएको सुनाए ।

उनले सूदुर पश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफूहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको बताए । जोशीले भने, सुदूरपश्चिममा यत्तिका उत्कृष्ट कृतिहरु अहिलेसम्म कसैले लेखेका छैनन ।

यद्दपि मोफसलमा रहेका साहित्यकारहरुले जति उत्कृष्ट कृति रचना गरेपनि काठमाण्डौंका मिडिया र समालोचकहरुको प्राथमिकतामा यहाँका साहित्यकार र कृतिहरु कहिल्यै नपरेको जोशीले गुनासो गरे ।

अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पुर्वीय दर्शनमा टेक्दै जीवन्त कथा बनौट गरेको पाइन्छ, प्रा. डा. धनकृष्ण उपाध्यायले पुस्तक माथि समिक्षा गर्दै भने, वास्तबमै यो कृति नेपाली साहित्यका लागि नृसिंह अवतार हो ।

देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा , धनन्जय तिमिल्सिना ,टीकापुर विकास समितिका पुर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापाले समेत थापाको ब्याक्तित्व र कृति माथी आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए । स्वर्गीय

स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह,२०३५) ,कर्णालीको छेउछाउ (उपन्यास ,२०७१), पुर्खाको चिट्ठी (उपन्यास २०७२),मेरो मधुशाला (उपन्यास, २०७४), उज्ज्वली (लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास, २०७७) र मरुभूमिकि महारानी ( लघु उपन्यास, २०७७) कृतिहरु प्रकाशित छन ।