Close This

फेसबुकको कमजोरीका कारण घटेका फलोअर्स फिर्ता

बुधबार असोज २६, २०७९/ Wednesday 10-12-22
Paschim Today

लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरीका कारण घटेका फलोअर्स फिर्ता भएका छन् ।आज बुधवार बिहान फेसबुकको कमजोरीका कारण कम्पनीकै प्रमुख मार्क जुकरबर्गसहित लाखौँ सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका थिए ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर नाै हजार हाराहरीमा देखिएको थियो । तर अहिले  उनका फलोअर्स ११ करोड ९१ लाख जना पुगेका छन् ।

यस्तै अचानक फलोअर्स घटेकाहरूका फलोअर्स पनि फिर्ता भएका छन् । केहीका फिर्ता हुने क्रममा रहेका छन् ।