Close This

टेलिकमको 'अटम अफर', यस्ता छन् विशेषता

मंगलबार कार्तिक १, २०७९/ Tuesday 10-18-22
Paschim Today

काठमाडौँ,१ कात्तिक । नेपाल टेलिकमले 'अटम अफर २०७९' सञ्चालनमा ल्याएको छ ।कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्याधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।टेलिकमका अनुसार,यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरू सञ्चालनमा ल्याइएको छ । 

सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरू र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरू उपलब्ध रहेका छन् ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले  *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।