Close This

स्थानीय तहको शिक्षा क्षेत्र र विद्यालयका लागि विपद् पूर्व तयारी कार्यशाला गोष्ठी सम्पन्न

शुक्रबार कार्तिक २५, २०७९/ Friday 11-11-22
Paschim Today

धनगढी,२५ कात्तिक । स्थानीय तहको शिक्षा क्षेत्र र विद्यालयका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोग र मर्सिकोर नेपालको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा सामुदायिक विकास केन्द्र सिडिसि डोटीद्वारा सञ्चालित कार्यशाला गोष्ठी सम्पन्न भएको हो । 

सो कार्यशाला गोष्ठीमा विपद् व्यवस्थापनको परिभाषा, शब्दावली, विपद् व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था र नेपाल शिक्षा समूहको अवधारणा, भूमिका साथै स्थानीय तह र विद्यालय तहको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको ढाँचा सम्बन्धी विषयवस्तुको बारेमा सहभागीहरू अभिमुखीकरण गरिएको थियो  ।

यस्तै  सहभागीहरूले समूह छलफलमा स्थानीय तह र विद्यालय तहको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना ड्राफ्ट तयारी गरी आगामी मङ्सिर मसान्त सम्म उक्त योजनाको अन्तिम दस्ताबेज तयार गरी सक्ने कार्य योजना सहभागी पालिका र विद्यालयको कार्य योजना निर्माण गरेका थिए । 

गोष्ठीमा  कञ्चनपुर जिल्लाका चार वटा स्थानीय तह पुर्नवास,बेलौरी नगरपालिका, लालझाँडी र बेलडाँडी गाउँपालिकाका शिक्षा अधिकृत, विपद् व्यवस्थापन सम्पर्क व्यक्ति २२ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गरी ६० जनाको सहभागिता रहेको थियो । कार्तिक २३ देखि २५ गते सम्म कार्यशाला गोष्ठी सञ्चालन भएको थियो ।