नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार कार्तिक ३०, २०७९/ Wednesday 11-16-22
Paschim Today

काठमाडौं, ३० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० जनामा गरिएको नमुना परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।