हथौडा प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार मङ्सिर २, २०७९/ Friday 11-18-22
Paschim Today

दाङ  २ मंसिर । दाङमा हथौडा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।