Close This

बेटिङ गराएको आशंकामा ५० जना पक्राउ

शुक्रबार मङ्सिर २, २०७९/ Friday 11-18-22
Paschim Today

काठमाडौं, २ मंसिर । नेपाल र युएई बीच प्रतिसप्रधा भईरहेको एकदिवसीय क्रिकेट सिरिजमा बेटिङ गराएको आशंकामा ५० जनालाई पक्राउ परेका छन ।

कीर्तिपुर स्थीत क्रिकेट मैदानमा  केन्द्रीय अनुसन्धान ब्यूरोले बेटिङ गराउन शंकास्पद गतिविधि गरीरहेको भन्दै  ५० जनालाई पक्राउ गरेको हो  । खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले बताए ।

पक्राउ पर्नेहरू अधिकांश भारतिय नागरीक रहेका छन । उनीहरुमध्ये धेरैजना बेटिङ गराउनकै लागि भारतबाट  नेपाल आएको आशंका गरिएको छ । मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ । शुक्रवार नेपाल र युएई बीचको सिरिज अन्तर्गत अन्तिम खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा चलिरहेको छ