Close This

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार मङ्सिर २, २०७९/ Friday 11-18-22
Paschim Today

काठमाडौँ,२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको ७७८ पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप १७ संक्रमित निको भएका छन्।  हाल नेपालमा ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।