Close This

धनगढीमा मतगणना भोलि बिहान ८ बजे शुरु हुने

सोमबार मङ्सिर ५, २०७९/ Monday 11-21-22
Paschim Today

धनगढी, ५ मंसिर । कैलाली क्षेत्र नम्बरको मत गणना शुरु गर्न बसेको सर्बपक्षीय बैठकमा मुख्य निर्बाचन अधिकृत ओम प्रसाद अर्याल बेहोस भएपछि अनिश्चित भएको मत गणना भोलि बिहान ८ बजे शुरु गर्ने सहमती भएको छ । आज बिहान बसेको बैठकले एक बजे देखि मत गणना शुरु गर्ने निर्णय गरेको थियो । सो लगत्तै मुख्य निर्बाचन अधिकृत अर्याल बेहोस भएका थिए । मुख्य निर्बाचन अधिकृत अर्याल बेहोस भएपछि अनिश्चित भएको मत गणना शुरु गर्ने सम्बन्धमा भएको सर्वपक्षीय छलफलपछि भोलि बिहान ८ बजे मत गणना शुरु गर्ने सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । कर्मचारीको अभाव र मुख्य निर्बाचन अधिकृत बिरामी भएका कारण राति मत गणना गर्न कठिनाई भएकोले भोलि बिहान ८ बजे मत गणना शुरु गर्न सबै पक्ष सहमत भएका हुन् । त्यस्तै वडागत रुपमा मत गणना गर्ने नगर्ने विषयमा मतहरु बाझिएपछि सो सम्बन्धमा निर्बाचन आयोगमा जानकारी गराउदा आयोगले वडागत रुपमा मत गणना गर्न सकिने व्यहोरा सहितको परिपत्र पठाएको प्रजिअ थापाले बताए ।