Close This

नवलपरासीमा खुकुरी प्रहारबाट एकको मृत्यु , एक घाइते

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22
Paschim Today

नवलपरासी, ७ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।

बर्दघाट नगरपालिका वार्ड नम्बर ४ स्थित हाटबजारमा अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट बडिघाट गाउँपालिका वार्ड नम्बर ४ निवासी ४६ वर्षीय दिलीप राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनु भएको छ । सोही घटनामा परि बडिघाट गाउँपालिका वार्ड नम्बर ४ बागलुङकी विष्णुकुमारी काउछा घाइते हुनु भएको छ ।

बर्दघाट नगरपालिका वार्ड नम्बर ४ हाटबजारमा चिया नास्ताको पसल गर्दै आएकी महिला विष्णु कुमारी काउछाको घरमा पसी अज्ञात व्यक्तिले कोठामा सुतिरहेको अवस्थामा दिलीप पुन मगर माथि खुकुरी प्रहार गरी हत्या गरेको र सोही मानिसले महिला माथि पनि खुकुरी प्रहार गरी घाइते बनाई फरार भएको हो पहरीले जनाएको छ । घटनामा संलग्न मानिसको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।