Close This

झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

झापा,८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् । सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे ।