Close This

चौबीस घण्टामा १० कोरोना संक्रमित थपिए

शुक्रबार मङ्सिर ९, २०७९/ Friday 11-25-22
Paschim Today

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार ३८१ वटा नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चौबीस घण्टामा २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३२७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।