Close This

पाेर्चुगलमा एक नेपाली व्यवसायीकाे निधन

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

काठमाडौं, ११ मंसिर । पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना लमजुङका व्यवसायीको निधन भएको छ। लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो । पोर्चुगलमा विगत ५ वर्षयता रेष्टुरेन्ट संचालन गर्दै आएका गुरुङको शनिबार विहान निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए।

शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङको एक्कासी टाउको दुखेको जानकारी पाएपछि उनका परिवार, साथीभाइ साथै आपतकालीन सेवाका डाक्टरको सहयोगमा उपचारको लागि अस्पताल लगिएको थियो। अस्पतलामा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गुरुङ उच्च रक्तचापको बिरामी रहेका थिए। परिवारका साथ विगत ९ वर्षदेखि पोर्चुगलमा बस्दै आएका भक्तराजको निधनले लमजुङ समाज पोर्चुगल स्तब्ध भएको समाजका अध्यक्ष गम्भीरजंग गुरुङले बताए । उनलेको पार्थिव शरीर नेपाल पठाउने तयारी गरिएको र त्यसका लागि आर्थिक सहयोग गरिदिन सवैमा लमजुङ समाज पोर्चुगलले आग्रह गरेको छ।