Close This

 आज आइतबार सुनचाँदीको मूल्य स्थिर

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

काठमाडौं, ११ मंसिर । आज आइतबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो । गत साताको बिहीबारदेखि निरन्तर नेपाली बजारमा सुनको यही मूल्य कायम छ ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।