कैलालीमा मोटरसाइकल पल्टिएर एक जनाको मृत्यु

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

कैलाली, ११ मंसिर ।  कैलालीमा मोटरसाइकल पल्टिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० अमखैयामा शनिबार मोटरसाइकल पल्टिएर चालकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपाने रहेका छन्।

सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा न्यौपानेको मृत्यु भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ। आइतबार बिहान ७ बजे से ५ प १३६२ नम्बरको उनी सवार मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीको दाबी छ।