राजनीति भनेको सम्भावनाको खेल हो : पाठक

बुधबार पौष १३, २०७९/ Wednesday 12-28-22
Paschim Today

धर्मराज पाठक नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव हुन । उनी समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । प्रस्तुत छ समसामयिक राजनीतिक विषयमा उनीसंग गरिएको कुराकानी । 

नेकपा एमाले प्रतिपक्षमा बस्छ भन्ने एउटा आङ्कलन  थियो  र स्वयम नेकपा एमालेका नेताले पनि सोचेको थिएन होला ? अहिले नेकपा एमालेकै बलमा सरकार बनेको कस्तो महसुस भइरहेको छ  ?
निर्वाचन सम्पन्न भइसकेपछि जुन जनादेश भयो जनताले जुन परिणाम प्रदान गरे त्यो परिणामले एउटा कुनै राजनीतिक दललाई सरकार बनाउनको लागी मात्रै जनादेश थिएन । त्यति मात्रै हैन निर्वाचनको कुराले के पनि जनादेश बन्यौ भने निर्वाचन अघि बनेको जुन नेपाली काङ्ग्रेसको पाँच दलीय नेतृत्व गठबन्धन जसलाई हामीले जनविरोधी भनिरहेका थियौ । त्यो गठबन्धनलाई पनि नेपाली जनताले अस्वीकार गरेको अवस्था देखियो । निर्वाचन भन्दा अगाडी गठबन्धन सहज बहुमत सदनमा थियो। निर्वाचनमा त्यही गठबन्धन गयो । तर  उसले सरकार बनाउने बहुमत
k'¥ofpg सकेन । त्यो अस्वीकृत भएको देखियो र निर्वाचनको जनादेश के देखियो भने कि कुनै एउटा राजनीतिक दलले मात्रै सरकार बनाउन सक्ने  अवस्था चाहिँ देखिएन र त्यो जनादेशका कारणले गर्दा खेरी हामीले चाही हाम्रो दोस्रो ठुलो दल भएका कारणले गर्दा हामीले सके सम्म पाँच दलीय गठबन्धनले नै सरकार बनावस भन्ने चाहन्थ्यौँ किनभने १३८ सिट सङ्ख्याको नजिक थियौ भन्ने हाम्रो चाहाना थियो  र राष्ट्रपतिले संविधान धारा १७६ को १ जो दलले मात्रै स्पष्ट बहुमत हुँदा खेरी बनाउने सरकारले कुनै दलले नभएको अवस्थामा ७६ को २ प्रयोग गरेर वा २ वा २ भन्दा बढी दल प्रयोग गरेर बनावस भन्ने आह्वान हो । र पुसको १० गते सम्मको जुन आह्वान थियो त्यो दिन सम्म पनि पाँच दलीय गठबन्धनले आफ्नो सरकार बनाउँछ की भन्ने हामीले आङ्कलन गरेका थियौँ तर अन्तिम अवस्थामा यस्तो अवस्था आइपुग्यो की पाँच दलीय गठबन्धनले पनि ७६ (२) को सरकार बनाउने अवस्थामा पुगेन र हामी नेकपा एमाले दोस्रो राजनीतिक दल हो र नेपालको एउटा जिम्मेवार दल हो त्यो दलका हिसाबले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भनेर हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हाम्रो तर्फबाट प्रधानमन्त्रीको पदका लागि सिफारिस गरेर ७६ २ को सरकार बनाउने कुरा गरेका छौँ र यो जनादेशमा प्रतिपक्ष मात्रै बस भन्ने भन्दा पनि सरकारमा पनि जाने अवस्था पनि हुन सक्छ भन्ने खालको जनादेश थियो एउटा दुई वटा  तिन वटा राजनीतिक दलले मात्रै सरकार बनाउने अवस्था थिएन । यद्यपि हाम्रो मानसिकता प्रतिपक्षमा नै बसेर भए पनि जनताको मुद्धाहरु उठाउने र जनताको बिचमा जाने भन्ने थियो र यो पछिल्लो राजनीतिक  परिघटनाले के बिच्छित र्गयो भने कि अब केन्द्रीय सरकारमा मात्रै  हैन अब सात वटै प्रदेशमा अहिले केन्द्रीय सरकारमा साझेदारी गरिरहेका राजनीतिक दलहरूको सहकार्यमा साझेदारीमा साथ वटा प्रदेशमा सरकार निर्माण हुने अवस्था सृजना भएको पाइन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सधैँ बोलेर बिगार्थे भन्ने छ । यो पटक भने नबोलेर नै सपारेको छ । चुपचाप बसेर नेपत्थमा बसेर कहीँ कतै उहाँको आवाज पनि सुनिएन तर एकैचोटी सरकारको साँचो उहाँको हातमा गयो  ?
हैन, हाम्रो अध्यक्षले बोलेर बिगारेको छ जस्तो लाग्दैन मलाई, उहाँले त बोलेर पनि सपार्नु भएको छ र नबोलेर पनि सपार्नु भएको छ ।

विगतको गठबन्धन टुट्नुमा र नेकपा विभाजन हुनुको पछाडि चाहिँ आफ्नै सहकर्मी समकक्षलाई पेले बोले त्यस कारण अलग भयो भन्ने छ नि त ?
हैन के भने हामी हाम्रो पाटीले जनादेश प्राप्त भइसकेपछि निर्वाचनको परिणाम प्राप्त भइसकेपछि हामी हाम्रो देशको राजनीतिक घटनाक्रमलाई नजिकबाट चाहिँ नियालिरहेका थियौ ।  जनताले दोस्रो ठुलो राजनीतिक दलको रूपमा एमालेलाई जनताले स्थापित गरिसकेका छन् । र तपाईँको समानुपातिकको परिणाम हेर्नुहुन्छ भने नेपालको लोकप्रिय पार्टीका रूपमा नेकपा एमाले स्थापित भइसकेकोमा हामीले चाहीने के भने यो घटनाक्रम कसरी बिच्छित हुन्छन् भने कुराहरू नजिकबाट नियालिरहेका छौ र आवश्यक पर्दा खेरी जतिखेर जे भूमिका राजनीतिक दलका रूपमा नेकपा एमाले निर्वाह गर्नुपथ्र्यो त्यो भूमिका निर्वाह गर्नु पर्छ भन्ने हिसाबले हाम्रा भूमिकाहरू अगाडी बढी नै रहेका थिए र अन्तमा त्यसका नतिजा बाहिर नै देख्नु भयो ।
तपाईँले चुनावका बेला गरेको प्रक्षेपण अथवा आङ्कलन सही निस्क्यो या त्यो आङ्कलन गलत निस्क्यो चुनावको नतिजालाई लिएर खास गरी नेकपा एमालेलाई लिएर सुदूरपश्चिम प्रदेश कमिटीको समीक्षा पनि भयो होला के बुझाई रह्यो र के समीक्षा रह्यो ?
हामीले प्रारम्भिक रूपमा समीक्षा चाहिँ गरेका छौँ । यसको विस्तृत समीक्षाहरू चाहिँ हुँदै छन् ।प्रारम्भिक समीक्षाले हामीलाई के कुराहरू प्राप्त गरेका छन् भने कतिपय स्थानमा हामी थोरै मतले पराजित हुनु पर्नै अवस्था आयो । जस्तो यही कैलालीको क्षेत्र नम्बर ५ को क मा क्षेत्र नम्बर ४ को ख मा त्यसै गरी कञ्चनपुरको केही निर्वाचन क्षेत्रहरूमा डोटीकै निर्वाचन क्षेत्रमा त्यसै गरी बैतडीको निर्वाचन क्षेत्रहरूमा यस्ता कतिपय निर्वाचन क्षेत्रहरू छन् । हामीले प्रक्षेपण गरेका थियौँ । हामी विजय निकाल्छौ तर चुनाव अगाडी पनि जुन पाँच दलीय गठबन्धन थियौ । जुन त्यो एकता बद्धको जसरी भत्काउनु पर्ने हो । जनताका बिचमा जसरी लानुपर्ने हो त्यो कुराहरूमा जति पनि हामी बिच कमजोरीहरू रहे  सक्ता शक्तिहरू जति पनि पाँच दलीय गठबन्धन एकै ठाउँमा भएका कारणले गर्दा खेरी हामीले अपेक्षा गरेको नतिजा चाहिँ प्रत्यक्ष रूपमा निकाल्न नसकेको हामी त्यो निष्कर्षमा पुगेका छौ । यद्यपि यसका कतिपय समीक्षाहरू हुँदै छन् । हाम्रो प्रदेश कमिटीमा केन्द्रमा यसको प्रतिवेदन पेस गर्न गइरहेका छौँ । 
जस्तै सुदूरपश्चिममा बाजुरामा पनि जित निकाल्ने भन्ने थियो र कञ्चनपुर क्षेत्र नम्बर १ मा जित्दैन भन्ने थियो हो?
यस्तो थियो हामीले आङ्कलन गरेको भनेका बाजुरा, बझाङ,र थोरै मतले चाहिँ हामी पराजित भयौ । बझाङमै पनि दार्चुला, बैतडी, कञ्चनपुरको १  त्यसै गरी कैलालीको ४ र ५ मैले यही पनि बोलेको थिए र त्यसै गरी डोटी पनि आङ्कलन गरेका थियौँ अछामको क्षेत्र नम्बर २ र पछिल्लो घटनाक्रमले २ भन्दा १ नै राम्रो भएको थियो र यो हाम्रो प्रक्षेपण थियो । तर पाँच दलीय गठबन्धन भित्र जुन खालको अन्तर विरोध हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौ र पाँच दलीय गठबन्धन नेकपा एमालेका विरुद्धमा एकता भयो र सबै शक्तिहरू नेकपा एमालेलाई जसरी पनि हराउनु पर्छ भन्नेहरू भयो दार्चुलाकै केसहरू हेर्नुहुन्छ भने तपाइको त्यहाँको समर्थन त्यहाँको जनमानस एउटा खालको एमाले थियौ तर अन्तिम अवस्थामा आएर हामीले नसोचेको परिणाम भोग्नु प¥यो । यद्यपि यो सुदूरपश्चिम प्रदेशमा हामीले समानुपातिक मत हेर्नु हुन्छ भने पनि जनताले यो प्रदेशमा एमालेको पक्षमा मत गरेका छन् । एमालेलाई माया गरेका छन् । एमालेलाई विश्वास गरेका छन् । र एमाले नै सुदूरपश्चिम प्रदेशमा पहिलो दलको रूपमा स्थापित भएको छ । अंकगंणित प्राविधिकका हिसाबले पनि कतिपय ठाउँमा प्रत्यक्ष रूपमा हामी पराजित हुन पुगेका छौ । त्यसलाई हामी स्वीकार गरेका छौँ  ।  र जनताको जनादेशको हामी सम्मान गर्छौ  हामी त्यसलाई स्वीकार्छौ । 
नेकपा एमालेले २ वटा सिट जित्दा नेकपा एमाले सरकारमा गएको छ, कस्तो लागेको छ ?  
राजनीति भनेको सम्भावनाको खेल हो  । अहिलेको जनादेश भनेको हेर्नुस् न केन्द्रमै पनि चार वटा दल एकै ठाउँमा मिल्दा खेरी पनि सरकारमा गएन त्यसले के भनिरहेको थियो भने बहुमत पुग्ने शक्तिहरू  मिलेर सरकार बनाऊ भन्ने अहिलेको जनादेश हो । सात ओटै प्रदेशमा जुन साझेदार सरकारहरू छन् । ती दलहरूको सहकार्य भएर नै सात वटै प्रदेशमा मिलेर सरकार बनाऊ भन्ने अवस्था सृजना भएको देखिन्छ ।
संसदीय दलको नेता बन्नु¥यो भने तपाईँको भागमा मुख्यमन्त्रीको भाग प¥यो भने वा तपाईँको दाबी के मा रहन्छ ?
अहिले हामी त्यो चरणमा पुगेका चाहिँ छैनौँ 
कहिले सुरु हुन्छ यो प्रक्रिया ?  
शपथ ग्रहणको लगतै हामी यो प्रक्रिया सुरु गछौँ र हाम्रो पार्टीको प्रदेशको बैठक पनि हुन्छन् र पार्टीका प्रदेश नेतृत्व गर्नेहरूसँग पनि छलफल हुन्छ । त्यसरी सबैको सल्लाह अनुसार भागबन्डा विभाजन गर्नेर्छौ ।
सुदूरपश्चिमको हकमा यदि नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने निर्णयबाट पछि हट्यो, एमाले र माओवादीलाई दिएको समर्थनबाट  पछि हट्यो भने सुदूरपश्चिम प्रदेशमा छुट्टै सरकार बन्न सक्ने  नेकपा एमाले र माओवादी विहीन सरकार बन्न सक्ने अवस्था पनि छ नि त ?
यो  भनेको कुरा सही हो । हामीले के बाट आकलन गरिरहेका छौ भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई आकलन गरेर यो छलफल गरिरहेका छौ । तर हामीले आधार मान्ने के भने पछिल्लो राजनीतिक घटनाक्रमलाई समर्थन गरेर राजनीतिक दलहरू जसले अहिले जनआदेश प्राप्त गरेका छन् । ती दलहरूले एउटा खालको साझेदारी र सहकार्य गर्ने गरी राष्ट्रपतिलाई जुन पत्र पठाउनु भएको छ । कतिपय दलहरूले सरकारमा सहभागी भएर यो पोलिशनलाई साथ दिन्छौ भन्नु भएको छ भने कतिपयले हामी बाहिरै बसेर समर्थन गर्छौ भन्नु भएको छ । र सुदूरपश्चिम प्रदेशको हकमा हेर्दा खेरी केन्द्रमा समर्थन गर्ने दलहरू मध्य चार वटा राजनीतिक दल सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा पनि हुनुहुन्छ । जसमध्ये नेकपा एमाले, नागरिक उन्मुक्ति पाटी, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी हुन । र त्यो सङ्ख्या जोड्दा खेरी हामीलाई आवश्यक पर्ने २९ भएता पनि २७ सङ्ख्या पुग्दा पनि सरकार बन्ने सम्भावना हुन्छ । र अहिलेको हाम्रो  आकलन के हो भने नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय सरकारलाई समर्थन गरेको हुनाले प्रदेश सरकारमा पनि समर्थन गर्छ । हाम्रो अनुरोध क हो भने केन्द्रीय सरकारमा पनि नागरिक उन्मुक्ति पार्टी जावस र प्रदेश सरकारमा पनि आवस भन्ने हो । 
सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि मुख्यमन्त्रीको दाबी गरेको छ । कसरी लिनुहुन्छ ? 
त्यस्तो औपचारिक रूपमा हामी कहाँ आएको छैन ।  यद्यपि माथि केही छलफलको कुरामा त्यो आएको हुन सक्छ । त्यो छुट्टै कुरा हो । र अहिले सम्म हामीले बुझेको कुरा चाहिँ  नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्छ । केन्द्रमा पनि गर्छ र प्रदेशमा पनि गर्छ भन्ने हो । यद्यपि प्रदेशको नेतृत्व कसले गर्ने कुन पार्टीले कति मन्त्रालयको जिम्मेवारी पाउने लगायतका अरू कुराहरू छन् यी कुराहरूको छलफल चाहिँ पछि हुन्छ । 
सुदूरपश्चिममा नेकपा एमालेका पूर्व अध्यक्ष जुन बिचमा समाजवादीमा हुनुहुन्थ्यो र अहिले स्वतन्त्रबाट विजयी हुनुभएको छ डा तारा जोशी । उहाँको मत पनि त निर्णायक देखिएको छ । अब उहाँलाई तपाईँहरूले  रिझाउने फकाउने क्रम जारी छ भन्ने कुरा सुनिएको छ । मान्नु भएको छकी छैन नेकपा एमालेमा आउन ?
उहाँ हिजो पनि नेकपा एमालेमा ठुलो लगानी गरेको नेता हो । डडेल्धुरामा उहाँले आफ्नो जीवनका थुप्रै लगानीहरू पार्टी निर्माणमा गर्नु भएको छ । र उहाँको व्यक्तित्व विकासको प्लेट फर्म पनि नेकपा एमाले हो । र नेकपा एमालेको नेतृत्व तहबाट प्रदेशको तहबाट र हामीहरूको तहबाट पनि विभिन्न खालका छलफल र संवाद भइरहेका छन् । र त्यो छलफल र संवादले साकार रूप पायो भने उहाँ नेकपा एमालेमा फर्कने सम्भावना पनि त्यत्ति नै छ । 
बिचमा अध्यादेश मार्फत रेशम चौधरीलाई जेलबाट छुटाउने जुन कोसिस पूर्व सरकार शेरबहादुर देउवाको सरकारले गरेको थियो, त्यसको विरोधमा थियो नेकपा एमाले पनि,  अब के त्यो अध्यादेश फेरी जाग्छ के हुन्छ ?   
हैन त्यो त्यति वेलाको अध्यादेशको प्रक्रिया पनि ठिक थिएन । भर्खरै निर्वाचित भएको सरकारले भर्खरै निर्वाचनको परिणाम बाहिर आइसकेको र सरकार काम चलाऊ भएको अवस्थामा त्यस्तो खालको अध्यादेश ठिक थिएन भन्ने खालको सबैको एउटा धारणा थियो । जुन परिस्थितिमा त्यो अध्यादेश ल्याइयो तब निर्वाचनको परिणाम आइसकेको थियो । जब सरकार निर्वाचनमा जान्छ तब त्यो सरकार त काम चलाऊ मात्रै रहन्छ हो त्यस्तो  अवस्थामा रेशम चौधरीको टीकापुर घटना जस्तो संवेदनशील विषयमा अध्यादेश ल्याउने कुरा राम्रो होइन भन्ने धारण सबैको हो । त्यो रेशम चौधरीको कुरा मात्र होइन । त्यस्तो खालको अध्यादेशबाट अरू थुप्रै अपराधीहरू र चोरहरूलाई उन्मुक्ति हुने वातावरण सिर्जना नहोस् भन्ने खबरदारी सबैबाट हुनुपर्छ । 
सरकारमा जानका लागि थारुहरू माथि अन्याय भयो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि जब अध्यादेश मार्फत छुटाउन खोज्यो नेपाली काँग्रेस नेतृत्वको सरकारले त्यति वेला विरोध गर्नु भयो ?
विरोध भन्दा पनि अध्यादेश ल्याउने तरिका ठिक भएन भन्ने हो । तपाइ आफै सोच्नुहोस् जब आवश्यक समयमा सरकारले ल्याउन पाउने समयमा थियो । त्यो वेलामा अध्यादेश  ल्याउँदा खेरी विरोध भएको होइन । थुप्रै अध्यादेश ल्यायो । बालिकाहरू माथि एसिड प्रहार हुन थालेपछि त्यस्ता महत्त्वपूर्ण विषयमा ल्याएको अध्यादेशको पनि केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत सरकार चलाउन थाल्यो भनेर विरोध भएको होइन । तर अहिलेको अवस्थामा के थियो भन्दा खेरी चुनावको नतिजाको परिणाम सार्वजनिक भइसकेको थियो । सरकार काम चलाऊ अवस्था मात्र थियो । र यस्तो वेलामा अध्यादेश ल्याएर सरकार चलाउने कुरो ठिक भएन त्यो पनि यति संवेदनशील विषयमा यति हतार गर्नु भएन । अब सरकार निर्माण भएपछि टीकापुर घटनालाई त्यो मुद्दालाई राजनीतिक रूपमा सम्बोधन गर्नु पर्छ भन्ने धारणा हाम्रो मात्र नभएर सबै राजनीतिक दलहरूको पनि थियो । 
भन्नाले रेशम चौधरीलाई जेलबाट छुटाउनु पर्छ भन्नेमा नेकपा एमाले दृढ हो ?
अब रेशम चौधरीलाई जेलबाट छुटाउन द्धृढ छ भन्ने भन्दा पनि त्यो मुद्दालाई राजनीतिक ढङ्गले सम्बोधन गर्नु पर्छ भन्ने हो । राजनीतिक ढङ्गले सम्बोधन खेरी के के प्रक्रिया अवलम्बन गर्नु पर्छ त्यो प्रक्रिया अहिलेको जुन दलहरू कोलिशनमा हुनुहुन्छ उहाँहरूले त्यसलाई सम्बोधन गर्नु पर्छ।
सुदूरपश्चिमको मुख्यमन्त्री को हुन्छ ?
सुदूरपश्चिमको मुख्यमन्त्री अहिलेको सत्ता साझेदार रहेका दलहरू जो कोलिशन पाटनरहरु छन् । ती पाटनरहरु मध्ये जुन राजनीतिक दलले सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवसर पाउँछ त्यो राजनीतिक दलको संसदियदलको नेता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्छ । 
तपाइको दाबी के मा हुन्छ ? 
मेरो  यस्तो कुनै विशेष दाबी छैन । र अहिले पाटी भित्र छलफल चलिरहेको छ । संसदीय दलमा पठाउँदा खेरी हाम्रो पोट फोलीहरु पनि हेर्ने होला ।
अब तपाईँहरू प्रदेश सरकारमा जाँदै हुनुहुन्छ र प्रदेश सरकारमा गएपछि जनताले सुशासनको अनुभूति पाउँछन् या पाउदैनन ? 
सुशासनको अनुभूति दिनु पर्छ । हामी सरकारमा गएपछि जनतालाई सुशासनको अनुभूति दिनका लागी हामी सधैँ प्रयतनशिल रहने छौ ।