Close This

म पाँच वर्ष स्वतन्त्र सांसदको रूपमा पनि रहन सक्छु : जोशी

आइतबार पौष १७, २०७९/ Sunday 01-01-23
Paschim Today

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले आफू पाँच वर्ष सम्म पनि स्वतन्त्र सांसदको रूपमा पनि रहन सक्ने बताएका छन् । डडेल्धुराको क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका जोशीले रेडियो पश्चिम टुडेको कार्यक्रम पश्चिम सरोकारमा यस्तो बताएका हुन् । जनतासँग जोडिने र जनताको विकास निमार्णमा सहभागी हुने र विकास निमार्णको एउटा संरचना बनाउने निमार्णका लागि एउटा भिजन निमार्णका लागि लागेको बताउँदै जनताले यसको मुल्याङकन गरेर नै यहाँ पु¥याएको बताएका हुन् । प्रस्तुत छ डा. जोशी सँग गरिएको थप कुराकानीको अंश 
स्वतन्त्रबाट चुनाव जित्दा कस्तो महसुस भइरहेको छ ?

अलि अलि चुनौती थियो । तर पनि खुसी लागेको छ ।

अघिल्लो पटक झिनो मतले पराजित हुनुभएको थियो, नेकपा एमालेका तर्फबाट पनि उम्मेदवार भएर चुनाव हार्नुभएको थियो, अहिले स्वतन्त्र भएर चुनाव जित्नुभयो । यो स्वतन्त्र प्रतिको लहर हो या नेकपा एमालेप्रति वितृष्णा हो ?

यसमा थोरै थोरै सबै कुरा होला  । सबैभन्दा पहिले त उति वेला चुनाव लड्दै गर्दा खेरी हाम्रो पार्टी भित्रबाट पनि समस्या थियो । अहिले त्यो अवस्था रहेन । जति पनि हामी लाग्यो । हाम्रो टिम लाग्यो त्यो एकदमै एक मुष्ठ ढङ्गले, एकीकृत ढङ्गले एउटा मत पनि फरक नरहने गरी लाग्यौ र त्यसको परिणाम चाहिँ एउटा महत्त्वपूर्ण यो पनि होला । दोस्रो कुरा मैले पनि जिल्लामा मेरो बलबुताले, मेरो विवेकले जति भ्याएसम्म म जनतासँग जोडिने र जनताको विकास निमार्णमा सहभागी हुने र विकास निमार्णको एउटा संरचना बनाउने निमार्णका लागि एउटा भिजन निमार्णका लागि  म लागेको भएर पनि जनताले यसको मुल्याङकन गरेका होलान् भन्ने जस्तो लाग्छ ।

अब बहुदलीय व्यवस्थामा एउटा स्वतन्त्रले केही पनि गर्न सक्दैन भन्ने एक खालको सोचाई छ , तपाई तपाई यसलाई कसरी लिनुहुन्छ ? 

एउटा सांसदले केही गर्न सक्दैन भन्ने धारणा एकदमै गलत हो । सक्छ की सक्दैन भन्ने त दलीय सांसदको तुलना गर्नुहोला नि त अबको पाँच वर्ष त मेरो त्यही रहला ? त्यसो भएको हुनाले यो तुलना गर्दै गर्दा त्यसको निष्कर्ष अबको पाँच वर्ष पछि निस्किन्छ । म स्वतन्त्रको हैसियतले चुनाव लड्दै गर्दा खेरी मैले दलीय मान्यताको दलप्रतिको म विरोधी होइन । मैले स्वतन्त्र लड्ने एउटा परिस्थिति बन्यो । तर दल चाहिन्छ भन्ने कुरा हो । दल चाहिन्छ भन्दै गर्दा खेरी किन चाहिन्छ भने सम्पूर्ण राजनीतिक संरचनालाई नियममा राख्नको लागि एउटा प्रोसेसबाट अगाडि बढाइराख्नको लागि दलले एउटा भूमिका निर्वाह गर्छ भनेर मात्रै दल चाहिने हो । अन्यथा चाहिँ दल कुनै आवश्यक छैन । मान्छेसँग बिचार स्वतन्त्र नै हो , विचारको एकता नै दल । दलले राजनीतिक प्रणालीलाई एउटा संरचनामा उभ्याइदिन्छ । त्यस कारण दल चाहिँ अनुशासनमा राख्नमा, सामूहिक निर्णय गर्नमा मात्र सजिलो हुन्छ भन्नेमा मात्रै दल हो अन्यथा स्वतन्त्र विवेक नै प्रयोग गर्ने हो ।

अबको यो पाँच वर्ष तपाई स्वतन्त्रकै रूपमा अगाडि बढ्ने की कुनै दलमा जोडिनुहुन्छ ?

मेरा तीन वटा अप्सन हुनेछन् । म एउटा स्वतन्त्र सांसद हुँदा खेरी पनि एउटा सांसदको भूमिकामा तपाईँहरूले देख्नुहुनेछ की सांसदको भूमिकाबाट एउटा चाहिँ उत्कृष्ट प्रदर्शन हो भनेर तपाईँलाई पार्नेछु । राजनीति गर्दै गर्दा सङ्गठित राजनीतिकबाट बढी फाइदा हुन सक्छ । फाइला भन्नाले मलाई व्यक्तिगत फाइदा होइन की जनतालाई बढी फाइदा हो  । मलाई एउटा सङ्गठन चाहियो त्यस कारण मलाई यो पाइदैछ । म त्यो सङ्गठनमा गइहाल्छु भन्ने होइन । म सङ्गठनको अवस्था, सङ्गठनले के गर्छ, के गर्ने मान्यता छ , उसंगको छलफलका आधारले कुनै सङ्गठनलाई पनि रोज्न भन्ने त्यो जनताहरूले पनि एउटा म्यान्डेट दिनुभएको छ । मैले पनि त्यही कुरा गरेको छु ।  त्यो कुनै पनि सङ्गठनलाई रोज्न सक्छ । त्यो मेरो मान्यता,विकासको दृष्टिकोणको वरिपरि रह्यो । त्यस कारण म पाँच वर्ष स्वतन्त्र सांसदको रूपमा पनि रहन सक्छु । अथवा म कुनै आफै सङ्गठन खोल्न सक्छु । मैले चाहिँ त्यो प्रयास पनि गर्न सक्छु भने जनतालाई भनेको छु ।

अहिले सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणको प्रक्रिया सुरु भैसकेको छ । सुदूरपश्चिममा तपाईँको मत पनि एउटा महत्त्वपूर्ण देखिएको छ । एकातिर सत्ता गठबन्धन, माओवादी सहित समाजवादी पनि जाने लगभग निश्चित जस्तै देखिन्छ । अर्कोतर्फ माओवादी एमाले पनि तपाइको टाउको गनिरहेको छ । यता काङ्ग्रेस र नागरिक उन्मुक्ति मिल्यो भने त्यसमा पनि २७ पुग्दै छ । तपाई यो २ वटा धारमा जानुप¥र्यो भने, कता तिर जानु हुन्छ ?

हाम्रो पार्टीहरू तपाईँले यस्तो भन्दिएको दिन मै सँग आउँछन् । उहाँको एक जना स्वतत्र सांसदको निर्णायक हुन्छ तपाईँले भन्दियो भने दौडेर म सँग आउने कुरा रहेन  वास्तवमा उनलाई मेरो मतको आवश्यक छ कि छैन  । उहाँहरू आफैँ पनि विश्लेषण गर्न सक्नुहुन्न पहिलो कुरा अनि दोस्रो कुरा मलाई लाग्छ, मेरो मत नै निर्णय हुन्छ जस्तो मलाई लाग्दैन ।

अहिले नागरिक उन्मुक्ति पाटीले रेशम चौधरीको रिहाइ नभए सम्म कुनै सत्तामा जाँदैनौँ भनेर निर्णय गरिसकेको अवस्था छ । यता सुदूरपश्चिममा पनि मुख्यमन्त्रीका दाबेदारको रूपमा प्रस्तुत भएको छ ।  अब रेशम चौधरीलाई रिहाइ गर्ने प्रक्रियालाई कसरी अगाडी बढाउँछन् अर्को तिर तत्काल रिहाइ हुन नसकेको खण्डमा उनीहरूले मानौँ काँग्रेसलाई समर्थन गरी दिए २६ हुन्छ काँग्रेसलाई एउटा सिट आवश्यक पर्ने हुन्छ । उता पट्टी एमाले र माओवादीलाई पनि मुख्यमन्त्री कसले हुने सरकार कसले बनाउने तय भैसकेको छैन के गर्नु हुन्छ तपाई ? 
राजनीतिमा दुर्भाग्य, हाम्रो यो पनि हो, हामी के हुन्छ के हुँदैन बिधान त कानुनले हामीलाई थाहा हुन्छ तर पनि एउटा भ्रम के भइरहेको हुन्छ मान्छे, जस्तै अहिले हाम्रो प्रचण्ड जी प्रधानमन्त्री हुनुहुन्छ नि कुनै कानुनमा त्यस्तो किसिमको व्यवस्था छैन ।  गर्न सकिँदै भने पनि एउटा भ्रम चाहिँ दिन सक्नु हुन्छ । हैन छ महिना पर्खिनु होस म गर्दिन्छु भन्नुहुन्छ अब हाम्रो बेसिक मुद्दा त्यो हो बेसिक छ महिना कुर्नुमा के फरक प¥यो भनेर उनीहरूलाई पनि त्यस्तो लाग्न सक्छ ।  मलाई लाग्छ रेशम जीको पार्टी केन्द्रीय सत्ता भन्दा बाहिर सायद नजाला भन्ने लाग्छ । मलाई उनीहरूको राजनीति भनेको पनि त्यही हो । निष्ठा भनेको पनि त्यही हो । माग भनेको पनि त्यही हो । त्यस कारण सबैभन्दा पहिलो माग भनेको चाहिँ त्यो हो । मागमा अलिकति प्रचण्डले चाहिँ नहुने काम मिलाएर बोल्दिने हो भने उनीहरूलाई भ्रम पर्छ । त्यही भएर केन्द्रीय सरकारबाट बाहिर जाँदैन जस्तो लाग्छ । उहाँहरूले अध्यादेश पठाउनु भन्नुभयो राष्ट्रपतिले फिर्ता गर्दिनु भयो अनि त्यो अध्यादेश केही दिन अगाडी राष्ट्रपतिको कार्यालयको अध्यादेश सुन्नुभयो कि नाइँ हामीले विधेक चाहिँ रोक्न पाउँछौँ । अध्यादेश चाहिँ रोक्न पाउँदैन अध्यादेश भनेपछि पास नै गर्न पाउँछ भनेर एउटा जस्टिफाई नै दिएको थियो नि ? एउटा ठाउँमा अनि यो यति बेला चाहिँ अध्यादेश नै रोक्नु भयो राष्ट्रपतिको संस्थालाई पुरै कार्यकर्ताले प्रयोग गर्ने भइसके ।

नेकपा एमालेको निर्देशनमा राष्ट्रपतिले त्यो अध्यादेश फिर्ता र्गयो भन्ने आरोप हो ?

आरोप हैन, यो त सत्यता नै त हो नि, म त्यो अध्यादेशको पक्षमा छैन । तर पनि उनले गरेको व्यवहार छ नि जुन केपी शर्मा ओलीजीले जे नियम लागु गर्नु हुन्छ त्यो राष्ट्रपतिले मान्ने भएकै छ । यो त दुनियाँले नै देखिसकेको छ त । यसको बारेमा हामीले धेरै चर्चा गरिरहनु आवश्यक परेन । यो देशको नीति नियम माथि र यो देशको संरचना माथि कति आक्रमण भइरहेको छ भन्ने पनि दुनियाँले देखिरहेको छँदै छ नि । त्यो कुराहरूमा फेरी नयाँ अध्यादेश ल्याउँछु र रेशम चौधरीलाई रिहाइ गर्छु भनेर भ्रम फैलाउन सक्ने प्रचण्डले भ्रममा पारेर सरकारमा लिन सक्ने सम्भावना बढी देखिन्छ ।

प्रचण्डले रेशम चौधरीको रिहाइको आश्वासन दिएर यिनीहरूलाई अल्झाई रहन्छ भन्ने हो त फेरी ?

उहाँको पहिलो प्रयास त्यही नै हुन्छ । त्यसो भएन भने उहाँहरू नेतृत्व गर्नको लागी त सत्ता गठबन्धसंग सल्लाह गरेर पनि बन्छ नि । यता तिर अरू सँग गठबन्धन गर्नु परेन नि । हो मेरो सामथ्र्यमा यति हो मेरो उपस्थितिको अंकगंणितले उहाँलाई नेतृत्व गर्ने प्राप्त दबाब दिने वातावरण हुन्छ । मेरो अनुपस्थिति हुन्र्थो भने मेरो एउटा आग्रह छ एउटा कम्र्फरटेबल सरकार बनाउनु होस सबैको हित हुने काम गर्नुस् मेरो यही छ शुभकामना भनेर हिँड्छु । सबै साथीहरूलाई असम्भव केही हुँदैन । गरेपछि सबै सम्भव छ ,काम गर्नको लागि लाग्नुहोस् भन्छु म सबैलाई ।

पछिल्ला पाँच वर्ष प्रदेश सरकारले १ खर्व ५५ अरबको बजेट ल्यायो । धेरै  रकम फ्रिज पनि भयो र त्यसमध्ये धेरै रकम कमिसनमा बिचौलियाहरूसँग मिलेर योजना बनाएर बेचियो । प्रदेश सरकार यति धेरै बदनाम छ । यो बदनाम पछिल्लो पाँच वर्षले संघियता र प्रदेश सरकार नै धरापमा पर्ने गरी मानिसको एक खालको मनोविज्ञान नै सृजना गरेको छ । योजनाको खुलेआम किनबेच भएको छ । अब तपाई पनि यही खाका भित्र गएर प्रदेश सरकारले हिजो गरेका बदमासीलाई सही ट्र्याकमा ल्याउन सक्छु भन्ने लाग्छ ?

हो धेरै हदसम्म  सही ट्र्याकमा ल्याउन सक्छु । साँच्चै योजनाको खुलेआम किनबेच भएको छ । म चाहिँ यसलाई बजेट होइन सपिङ लिस्ट  भन्ने गर्छु । त्यो सपिङ लिस्ट म हुन दिन्न । भन्नाले गर्ने भित्र आन्तरिक रूपले गरिरहेका धेरै कुरा हामीलाई जानकारी नभएर पनि त्यस्ता कुराहरू होलान् । हुँदैहुँदैनन् भन्न मिल्दैन । फटाईलाई रोक्न धेरै गाह्रो हुन्छ । तर पनि त्यति सम्मको बदनामित हुनबाट हामी प्रदेश सरकारलाई जोगाउँछौ ।

हो यो बेथिति कसरी सुधार हुन्छ ? प्रतिपक्षमा भएर सुधार हुन्छ वा सरकारमा गएर सुधार हुन्छ ?

यो दुवै ठाउँमा सुधार हुन्छ । प्रतिपक्षमा पनि सुधार हुन्छ , नहुने भन्ने कुरा होइन । र इमानदार अनिष्ट मान्छे  सरकारमा  गयो भने पछि चाँडै द्रुत गतिमा सुधार हुन्छ ।  धेरै कामहरू सिक्छ । प्रतिपक्षमा पनि सुधार त हुन्छ । खाली प्रतिपक्षमा भएको सुधार आंशिक रूपमा अलिअलि बिस्तारै बिस्तारै हुन्छ । किन भने प्रतिपक्षले हुने सुधार दबाबले हुने सुधार हो । दबाबले हुने सुधार बिस्तारै हुन्छ  । जो मैले सुधार गर्नु पर्छ भन्ने र मान्छे लागेको छ । राम्रो टिम लागेको छ भने उसले चाँडै सुधार गर्छ । सत्ता पक्षमा यस्तो मान्छे गयो भने चाँडै सुधार हुने हो ।

अब सबैको चासो छ कि तपाई कता जाने ? तपाई कुन पार्टीको सरकारमा जान आफूलाई कम्र्फटफिल गर्नु हुन्छ । नेकपा एमाले, माओवादी, अहिलेको सत्ता गठबन्धन वा नेपाली काँग्रेस, अथवा कुनै पनि छैन ?

सरकारमा जाने मेरो प्राथमिकताको विषय छैन । 

अहिले प्रदेश सरकारमा जाने जति पार्टीहरू छन्, तिनीहरूले या त हामीले मुख्यमन्त्री पाउनु पर्छ । मुख्यमन्त्री पाएनौ भने भौतिक पूर्वाधार हामीलाई दिनुपर्छ भन्ने अडान छ । यो के हो यस्तो ?

यो ५२ जनाकै भनाइ छ । ५३ मा म मात्रै पर्छु । कसै कसैले त मलाई मुख्यमन्त्री तपाई नै राख्नुस् मलाई भौतिक पूर्वाधार मन्त्री दिनुहोस् पनि भनेका छन् । मैले ५२ जना भन्दा खेरी कसैलाई प्रतिकुल आरोप लगाएको छैन । तर मैलै जति कुरा गरेको छु उहाँहरू प्रायले भौतिक पूर्वाधार मन्त्रालय दियो भने मलाई हुन्छ भन्नु हुन्छ । 

सरकारमा नजाँदा जनताका काम जुन जनतालाई तपाईँले आश्वासन दिनु भएको छ , त्यो कसरी पुरा गर्नु हुन्छ । प्रतिपक्षमा त त्यो सम्भव छैन । बजेट त जो मन्त्री त्यसै क्षेत्रमा बजेट छ ?

यस्तो हो प्रतिपक्षमा रहँदै गर्दा खेरी प्रतिपक्षमा जे सुधार गर्छ, त्यो सम्पूर्ण पद्धतिमा सुधार आउँछ । जो सरकारबाट सुधार गर्छ उ आफ्नो निर्वाचन क्षेत्रबाट सुधार गर्छ । मलाई निर्वाचन क्षेत्रबाट सुधार गर्ने हो भने मैले सरकारमा गएको राम्रो । तर मैले सम्पूर्ण सुदूरपश्चिमको स्वार्थलाई हेर्ने हो र सम्पूर्ण सुदूरपश्चिमका बेथितिहरूलाई निर्मूल गर्न पाए हुन्थ्यो भयो भने त्यो प्रतिपक्षमा बसेर पनि सम्भव हुन्छ । त्यति सजिलो नहोला अलिकति बढी मेहनत चाहिएला र बढी निष्ठा चाहिएला र राम्रो टिम खडा गर्नु पर्ला तर त्यो सम्भव हुन्छ । निर्वाचन केन्द्रित त चुनाव केन्द्रित राजनीति हो । मलाई लाग्छ सरकारमा गएपछि केही सजिलो होला त्यो स्वाभाविक हो । म आएको भनेको प्रदेश सभाको सदस्यकै रूपमा पनि बस्नु पर्ने हुनसक्छ पाँच वर्ष भन्ने मनस्थिति बनाएर आएको हुँ । यो बिचमा त्यस्तो भूमिका पाइयो भने पनि म मेरो सर्तमा सरकारमा जाने हो । अर्काको सर्तमा जादैन् । 

त्यसो भए तपाई समाजवादीमा फर्किनु हुन्छ की एमालेमा ?

निर्सथ केही पनि हुँदैन । मैले एमालेका दुख पनि देखेको छु । मेरा लागी एमालेले आफूलाई डास्टिक चेन्ज गरेर आओस् अनि कुरा गर्छु भन्ने त्यस्तो अपेक्षा पनि गरेको छैन । म तारा जोशी मात्रै हैन । तारा जोशी एउटा टिममा होला । यसका अरू अरू सर्मथकहरु पनि होलान् । यो धारण यो चिन्तन भएका व्यक्तिहरू होलान् । यो सबै बिचार यो सबै धारण उहाँहरुले पनि स्वागत गर्नु हुन्छ वा गर्नु हुन्न । पोलिसि मेकिङमा हाम्रो काही न काही आवाजहरू पुग्ने ठाउँ हुनुर्पयो ।

त्यसो भए नेपाली काँग्रेसमा आउने सम्भावना कति छ । शेरबहादुर देउवाले तपाइलाई ताराजी तपाई काँग्रेसमा आउनु प¥र्योे । तपाइलाई उचित स्थान दिन्छौ । अर्को नेता डडेल्धुराको तपाइनै हो भन्नु भो भने कत्तिको सम्भावना छ,काँग्रेसमा जाने ? 

नेता त आफ्नो सर्तमा हुने हो । त्यस कारण म काँग्रेसको नेता हुँदै गर्दा पनि म मेरो वैचारिक रूपले मेरो दिमाग खुल्नु प¥र्यो नि ? म जे ठाउँमा छु ठिक छु भन्नु प¥र्यो । मैले जे बिचार ल्याएको त्यो बिचारको हत्या गरेको छैन भन्ने आफू भित्र लाग्नु प¥या । यद्यपि म काँग्रेसलाई एमालेसँग टाढा देख्दैन फेरी एमाले, माओवादी, समाजवादीको त कुरै नगरौँ ।  तर पनि एउटा पलिसिथ्रस्ट हुन्छ नि त ? मैले के गर्न सक्छु त्यो भित्र भन्ने किसिमको कुराले सोच्नु पर्छ पोलिटिक्सले । मैले मेरो धारण मेरा विचारहरू लागु गर्न के गर्न सक्छु भन्ने कुरा हुन्छ । त्यस कारण मेरा लागी काँग्रेसको सङ्गठन सुइटेवल हुँदैन । त्यसबाट मेरो अब्रिङ पोलिटिकल भएन त्यस्तो अवस्थाबाट  त्यस कारण त्यो सम्भावना कम छ । त्यो स्कुलिङ नै फरक भो ।