Close This

अस्थिर राजनीतिको प्रयोगशाला

बिहीबार पौष २८, २०७९/ Thursday 01-12-23
Paschim Today

– शैलेश भट्टराई 
विगत २० वर्ष देखि मेरो देशलाई मैले बुझेको, भोगेको, सुनेको र सम्पूर्ण उतार चढावको सामाना गरेको नजिकबाट देखेको छु । वि.सं. २०६४ बाट मैले आफ्नो मताधिकार प्रयोग गर्दै र यहाँ सम्मको यात्रा मैले पनि तय गरेको छु । २०६२÷०६३ को जन आन्दोलनलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो । तपाई माननियहरुलाई सम्पूर्ण आन्दोलन उत्कृष्ट सफलता लाग्न सक्छन्, तिनैलाई परिवर्तन र विकास लाग्न सक्छ र लागि रहेको पनि छ होला । तर म जस्ता कैयौं युवा आजका दिनमा देश बाहिर छन् र हाम्रा लागि यी सब कुरा फगत हुन् । 
राजनैतिक बिरासतको दाउपेचमा तपाईहरु लाग्दै गर्दा यहाँ पंक्तिकारलाई मात्र होईन सम्पूर्ण नेपालीहरुको मन चर्किरहेको हुन्छ । विगत २० वर्ष देखि तपाईले गरेका क्रियाकलापको परिणाम आज ६० लाख युवा पलायन भएका छन् । तपाईहरुलाई लाग्यो होला देश विकास हुँदैछ र गरिरहेको छौं भनि । कदापि त्यो विकास तपाईले गरिरहेको रोड, बाटो, बिजुली, खानेपानी मात्रै होईन । विकास जनजीविकाको, युवा रोजगारीको, उत्पादनको, आत्मनिर्भरताको, गुणस्तरीय शिक्षाको, जनतालाई गुणस्तरीय स्वास्थ्यको अनुभूति र उपयोग गराउन सक्नु पर्छ । 
प्रत्यक्ष रुपमा विगत देखि नै तपाई देशका उच्च राजनैतिक ओहदाका व्यक्तित्वहरुको जीवनशैली, सत्ता र शक्ति हत्याउने कार्यमा उत्कृष्ट हुनुहुन्छ । तपाईहरु त्यसैका लागि, यो नेपालमा भगवानको हात तपाईको शिरमा छ । मलाई उद्धेग लाग्छ, पछुतो लाग्छ र देशलाई सम्झिन्छु र भगवानलाई सोध्छु । कहिले सम्म सास्ती हो नेपाली राजनीति मार्फत जनतालाई  ? 
माननिय ज्यू हरु, तपाईहरुले चुनाव जित्नु भएको छ । मन्त्री देखि विभिन्न  राजकीय पद र प्रतिष्ठा प्राप्त गर्नुहोला । जितको र आफ्नो तपाईहरुको राजनैतिक सफलताको उन्माद होला तर पंक्तिकार जस्ता लाखौं युवाहरुलाई तपाईहरु प्रति विश्वास नै छैन् । त्यो सम्पूर्ण वास्तविकता तपाईहरुलाई अवगत नै छ । तपाईहरु चुकिरहनु भएको छ । तर, पद र प्रतिष्ठालाई हतियार बनाइ दिनु हुन्छ र देशलाई हराउने, गिराउने र आफू जित्ने राजनीति गर्नु हुन्छ । 
राजनीतिको अर्थ के हो ? आखिर वि.संं. २०६६ देखिका क्रमबद्ध आन्दोलन र जनआन्दोलन, माओवादी आन्दोलन र विभिन्न क्षतिलाई राजनीतिक संग साटेर र जनताका माझ आफ्ना विभिन्न असफलता र अपरिपक्वतालाई ढाकछोप गरिदिनु हुन्छ । अपरिपक्वताको राजनीतिले गृह युद्धको घाउ अझै साटा बसिसकेको छैन । सालाखाला २० हजारले अकालमा मृत्यु लाई रोजेको हामी यति चाँडै विर्सेका छैनौं । ति परिवार र आफन्तलाई निकै पिडा बाचुञ्जेल भइरहने छ । तपाईले गरेको युद्ध र अपराध दुवै अहिले छरपष्ट छन् । गृह युद्ध हुने देशको भौतिक, मानवीय र आर्थिक क्षतिको कुनै अवमूल्यन भयो । सिंहदरबारमा तपाई विराजमान हुनुभयो र जनतालाई झुक्याउन सफल हुनु भयो । विदेशी शक्ति विरुद्ध र नेपालको माटो जोगाउने कार्यमा तपाईको यात्रा हुन्थ्यो भने तपाईको राजनीतिले सार्थकता पाउथ्यो । 
नेपाली राजनीतिमा म जस्ता भुई मान्छेको सुझावले अर्थ राख्दैन, किनकी कसैको झोला भन्दा प्यारो हामीलाई हाम्रो देश छ । नेपाली राजनीतिमा तपाई सधै भरि बृहस्पति भईरहनु होस । तर जनताले नारकीय जीवन भोग्न नपरोस, यो कामना र अपेक्षा हो । नेपालको आर्थिक, सामाजिक, राजनैतिक उन्नति र प्रगतिको सामना मात्रै होईन यसको कार्यान्वयन भएको देख्न चाहन्छौं । राष्ट्रिय राजनीतिको मुलधारमा रहेर त्यसका हिमायति कहिलिने नेता र राजनैतिक दलका मुद्दाले अहिले जनतालाई ससंकित पारिरहेको स्पष्ट छ । 
आज देश बाहिरबाट देशका अवस्था देख्दा र सुन्दा कुनै पनि नेपालीको मन र मस्तिष्कलाई शान्ति र चयन छैन । स्वभाविक पनि हो । आफ्नो देशको अवस्था ओरालो लाग्दै गर्दा मनलाई सम्हालेर राख्नु परिरहेको हुन्छ । सधै जस्तो देश आर्थिक मन्दीले गुज्रिरहेका समाचार, भ्रष्टाचार, अपराधका घटना सुनेर दिनको सुरुवात भईरहेको छ । आखिर यो कहिले सम्म ? अस्थिर राजनीतिको शिकार भएको, न्यायालय समेत बारम्बार यसको आखडा भईरहयो । काम गर्दै जाँदा केही परिणाम सोचे जस्तो र चाहे जस्तो पनि आउन सक्दैन, त्यस मानेमा हामी प्रष्ट छौं । तर पनि राजनीतिले दिएको परिणामको असर प्रत्यक्ष रुपमा स्वीकार गर्न नसकिने छ । यसबारे बिचार विमर्षको आवश्यक्ता महशुस भएको बेला हो । सधै अर्थतन्त्र श्रीलंका संग दाजिरहने किन ? हामी भारत र चीनको अर्थतन्त्र जस्तो राम्रो बनाउन र उत्पादन बृद्धि र आयातमा कमी ल्याउन सकिरहेका छैनौं ? 
कसैको विरोध र कसैको समर्थन गर्नु छैन यहाँ देशको जरजर अवस्थाले भोलिको भविष्य अध्यारो मोड तिर धकेलिरहेको प्रष्ट हाम्रो सामिप्यतामा छ । 
देशको आर्थिक अवस्थालाई सुदृढ गर्न उत्पादन जस्तो उद्योगधन्दा र दक्ष जनशक्तिलाई स्वदेशमा रोजगार र अवसर सिर्जना गर्ने भन्ने कुरा सम्पूर्ण नेतृत्व गर्ने जमातलाई थाहा छ तर त्यसको सतहमा पुग्ने र गर्ने कार्य भएको छैन । विगतमा स्थापना भएका ठुल–ठुला कलकारखाना, उद्योग धन्दाहरु हामीले हेर्दा हेर्दै कैयौं बन्द भए, लिलाम भए, केही जीर्ण अवस्थामा रही बन्द हुने अवस्थामा छन् र तिनीहरुको अहिले सम्भावना शुन्य भयो । परनिर्भरताको परिणती, राष्ट्रिय स्तरका उद्योग जस्तो गोरखकाली रबर तथा टायर, कागज, कपडा छाला, जुत्ता, चिनी मिलहरु बन्द हुन पुगे । 
मन भारी छ भर्खर निर्वाचन सकिएर विभिन्न क्षेत्रबाट नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संसदमा युवा जमात छ । अब थोरै आशा तपाईहरु प्रति बाँकी छ । देशले गर्व तपाईहरु प्रति गर्न सकोस, जन अभिमतको  उच्च मूल्यांकन होस शुभकामना । 
कुनै पनि राजनीतिक दल र नेता संग फेरि पनि प्रष्ट पार्छु की कुनै हाम्रो गैरभाव छदै छैन् । तर पनि पार्टीगत राजनीतिमा कुनै पार्टी पनि सफल भएको र जनताको पक्षमा कटिबद्ध भएको भएको छैनन् । स्वार्थको राजनीतिले राष्ट्रियता दिन प्रतिदिन खतरामा छ । त्यहि स्वरुप युवाले हरियो पासपोर्ट सहित देश बाहिर जान्न बाध्य भएका छन् । जनजिविकाका कैयौं सवाल छन् । जसको परिपूर्ति गर्ने जिम्मा संस्कार हो । तर सरकार बेखबर र त्यसलाई अन्जान रहिरहन्छ । 
हामीले हाम्रो देश नेपाल नै चाहेका हौं । हामीलाई कसैको एकमुठ्ठी माटो पनि चाहिएको छैन । हाम्रो नेपालको भु–भागहरु सुस्ता, कञ्चनपुर र दार्चलाको लिपुलेक र लिम्पियाधुरा माथिको अतिक्रमण हुनु हदैन र यो हामीलाई सह्य पनि हुने छैन । यी सबै कुराको राजनैतिक तवरले बेलैमा सुल्झाउन सकिन्थ्यो तर राजनैतिक परनिर्भरताले हाम्रो स्वाभिमानमा जहिले पनि आँच आईरह्यो । 
२० वर्ष पहिले तपाईले तय गरेको राजनीतिको बाटोले हामीलाई गन्तव्य पु¥याउदैन । तपाईका सम्पूर्ण पुराना योजनाहरुको परिणाम आज हामी भोगिरहेका छौं । त्यसैले युवा राजनीतिको मुलधारमा आईसकेका छन् । स–सम्मान विदा लिनुस चाहेमा तपाईको असफलताका बारेमा के कति कारणले असफल  राजनीतिलाई जिवनको उत्तराद्र्धसम्म अंगाल्नु यो विमर्श गरौंला ताकी त्यसले अबको सफलतालाई केही भए पनि टेवा पुग्ने छ । २० वर्ष पहिले देखि नेपाली राजनीतिको मुल धारमा रहिरहनु हुने तपाईहरुको यो पुस्ता र अबको हुर्किदै गरेको पुस्ता संग क्षमायाचना गर्नु नै पर्छ । अबको नेतृत्व संग हाम्रो अपेक्षा र आशा भनेको भ्रष्टाचार मुक्त समाज, राष्ट्रिय आय र प्रतिव्यक्ति आयमा वृद्धि, जलविद्युत र सम्भावित उद्योग संचालन, सुशासन, शिक्षा र गुणस्तरीय स्वास्थ्य, पूर्वाधारहरुको विकास मात्रै हामीले चाहेका हौं । अझै पनि हामी त्यति विश्वस्त भने  छैनौं किन भने नयाँ नेतृत्व पनि पुराना पुस्ता संग संगै हुनुहुन्छ । उत्तीर्ण र अनुत्तिर्ण संग–संगै हुँदा अर्काे परीक्षामा तपाई उत्र्तीर्ण वा अनुृत्तीर्ण जे पनि हुन सक्नु हुनेछ ।