Close This

विदेशमा सीप सिकेर, स्वदेशमा व्यवसाय 

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

धनगढी,८ माघ । अध्ययन, अवसर र कामको खोजीमा आफ्नो थाँतथलो छोडेर विदेश गएकाहरू मध्ये बिरलै व्यक्तिहरू फर्किने गरेका छन् ।त्यसमाथि युरोप र अमेरिकाबाट फर्किनेहरू त अपवादमा पर्छन् ।

आजको अङ्कमा हामी तिनै अपवाद भित्र पर्ने पौरखी र युवाहरूको चर्चा गर्दैछौ । जो आफ्नै भूमिमा उद्यम गर्न विदेशको सुख, सुविधाको मोह नगरी फर्किए ।धनगढीमा त्यस्ता दर्जनौँ युवाहरू छन्, त्यसमध्येकै एक हुन दिवस जोशी । अहिले उनले धनगढीमा सितार होटेल,मिट सप,कुखुराको आधुनिक फर्म सञ्चालन गरेका छन् । आज हामीले उनै जोशी सँग केही कुराकानी गरेका छौँ ।  

पश्चिम टुडेको पौरखी युवा संवादमा यहाँलाई स्वागत छ ।
धन्यवाद । 
तपाईँको पृष्ठभूमिबाट हामी कुराकानी अघि बढाउँछौ । तपाईँको जन्म कहाँ र कहिले भएको हो ? 
म डोटीको जमलकट्टेमा बि.स. २०४८ सालमा जन्मिएको हुँ । हाल धनगढी उपमहानगरपालिका –३ राजपुरमा बसोबास छ  । मैले डोटीको सुजङ स्कुलबाट पढाइ सुरु गरेको हुँ । माध्यामिक तहको पढाई पुरा गरेपछि प्लस टु पढ्न काठमाडौँ गए । त्यसपछि ग्रयाजुयट गर्न बेलायतको स्कटल्यान्ड पुगे । पढाई पुरा गरेपछि अवसरको खोजीमा त्यहाँबाट पोर्चुगल गए ।  एक वर्ष रेष्टुरेन्टमा काम गरे । त्यसपछि आफ्नै रेष्टुरेन्ट खोले । जुन रेष्टुरेन्ट चार वर्ष चलाए । त्यहाँ काम गर्दै गर्दा अर्काको देशमा कति काम गर्ने रु आफैलाई प्रश्न गरे । अनि जे काम गरेपनि आफ्नै देशमा गर्ने निर्णयमा पुगे । र, नेपाल फर्किए ।    
तपाई अध्ययनको सिलसिलामा विदेश जानुभयो ? अध्ययन र अवसरको खोजीमा विदेश गएकाहरू प्रायः फर्किदैनन । तपाई नेपाल किन र कहिले फर्किनु भयो ?
हो, धेरै युवाहरु फर्किदैनन । त्यतैको सुख सुबिधामा रमाउछन् । तर सबै त्यही बस्छन । फर्किदैनन भन्ने पनि हुदैन । तर मैले भने स्थायी रुपमा त्यहाँ बस्ने कहिल्यै सोचेन । चार वर्ष पोर्चुगल बसेपछि त्यहाँ सिकेको सीप, ज्ञान र अनुभवलाई आफ्नै देशमा सदुपयोग गर्ने सोच बनाए । जहाँ भएपनि काम गर्ने हो भने किन घरपरिवारसंगै बसेर काम काम नगर्ने रु यही सोचले १८ महिनाअघि नेपाल फर्किए ।  
यति बेला तपाई कुन व्यवसाय संलग्न हुनुहुन्छ ? कति लगानीबाट व्यवसाय सुरु गर्नुभएको हो र अहिले कति लगानी पुग्यो रु र, कति जनालाई रोजगारी दिनुभएको छ ?
धनगढी फर्किएपछि के काम गर्ने योजना थिएन । कुन क्षेत्रमा राम्रो संभावना छ, अध्ययन गर्दै थिए । बजारमा जादा सफा र हाईजेनिक मासु पसल देखेनन । र, हसनपुरमा शुरु गरे, मीट सप । त्यसको केही समयपछि धनगढी उपमहानगरपालिका–१२ जुगेडामा कुखुराको आधुनिक फर्म शुरु गरे । मेरो रुचि र अनुभव होटल र रेष्टुरेण्टमा थियो । त्यही रुचि पुरा गर्न चार महिना अघि चटकपुरस्थित वर्षा होटल भाडामा लिए । जसको नाम परिवर्तन गरे । र नयाँ नाम दिए– सितार होटल । यहाँका होटलहरुमा मैले आतिथ्यता र सरसफाईको कमि पाएको थिए । त्यसैले मैले होटलको सेवा, सुबिधा र गुणस्तर मात्र फेरेन । सस्तो मूल्यमा बातानुकूलित रुम, मिठो आतिथ्यता, सरसफाई र पारिवारिक वातावरणयुक्त सुबिधा । तिन वटै व्यवसायमा डेढ अढाई करोड रुपैया भन्दा बढि लगानी भईसकेको छ । ती व्यवसायमा २२ जनाले रोजगारी पाएका छन् ।
आफ्नै देश र विदेशमा व्यवसाय गर्नुमा के फरक छ ?
फरक केही देख्दैन । जता पनि काम गर्ने हो । फरक यत्ति हो कि विदेशमा एक्लै भईन्छ । स्वदेशमा आफन्त र साथीभाई हुन्छन । विदेशमा काम गरेर कमाउने पैसा भन्दा घरपरिवारसंगै बसेर काम गर्नु, अझ आफ्नै देशमा काम गर्नुको आत्मसन्तुष्टि बेग्लै हुन्छ । 
स्वदेशमै व्यवसाय मार्फत रोजगारी सृजना गरिरहँदा के कस्ता चुनौती भोग्नुपरेको छ ?
सरकारी नीति र प्रकृयाहरु जटिल छन् । झञ्झटिला छन् । व्यवसाय दर्ता देखि स्थापना गर्न महिनौ लाग्छ । सरकारले व्यवसायमा लगानी गर्नेहरुलाई प्रोत्साहित गर्नेभन्दा पनि दुःख दिने काम गर्छन । विदेशमा व्यवसाय गर्न खोज्नेहरुलाई सरकारले सहयोग गर्छ । र, उसलाई कुनै कुरामा पनि झण्झट हुदैन । यही फरक छ, विदेशमा र यहाँ । 
विदेशमा अध्ययन तथा अवसरको खोजीमा गएकाहरूलाई  फर्काउन वा जान खोज्नेलाई रोक्न सरकारले कस्तो नीति ल्याउनुपर्छ ?
सबैभन्दा पहिला त रोजगारी सिर्जना गर्न सक्नु प¥यो । अनि सरकारको जुन भिजन र पोलिसी छ । त्यो चाहिँ यहाँका युवाहरूलाई बाहिर पठाउने खालको जस्तो छ । यहाँ सरकारले रोजगारीको सिर्जना गर्न सकेको छैन । जसका कारण थुप्रै युवाहरू बाहिर गइरहेका छन् । यो ट्रेन्ड चेन्ज हुन समय लाग्ला । तत्काल होला जस्तो लाग्दैन । बाहिरबाट आउनेहरुलाई सरकारको भर परेर व्यवसाय नगर्न सुझाव दिन्छु । जे गर्ने हो, आफ्नै बलबुता र मिहिनेतले गर्ने हो । व्यवसायी मैत्री नीति र सोच भएको सरकार नै छैन ।

यो पनि पढ्नुस् :-

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए

महेश शाह : जसले अमेरिकाबाट फर्किपछि व्यवसायमा नयाँपन दिए

जसले आरपी बेकरी मार्फत धनगढीलाई नेपालमा चिनाए

बेलायतबाट फर्केका शाहले खोले सुबिधा सम्पन्न सौंराई स्क्वायर

धर्मराज जोशी : जसले कोरियाबाट फर्केर सय जनालाई दिए रोजगारी

अमेरिका छोडेर धनगढीमा मार्ट र एग्रोमा रमाउँदै प्रकाश