Close This

नाईजेरियामा आयोजित रक्तदान कार्यक्रममा ५९ जनाले गरे रक्तदान

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

माघ, ७ नाईजेरिया ।

गैर आवासीय नेपाली संघ नाइजेरिया, नेपाली रक्तदाता संघ नाइजेरिया, केरला समाज नाइजेरिया र रोटरी क्लब अफ लेगोस पामग्रुभको संयुक्त आयोजनामा लेगोसको इलेपेजुको हिन्दु मन्दिरमा आईतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा संघका अध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, खुश्बु अर्याल,  बिदुर घिमिरे, राजु धिताल, बिशाल रानाभाट, रमेश गुप्ता, सुरज गिरी, शंकर वर्मा  लगायत ५९ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको प्राविधिक संयोजन लेगोस राज्य सरकारको रक्त संचार केन्द्रले गरेको थियो ।