Close This

कैलालीको गोदावरी जङ्गलमा पासोमा परेको चित्तलको उद्धार

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23
Paschim Today

धनगढी, ११ माघ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित जङ्गलमा सिकारीले थापेको पासोमा परेको चित्तलको उद्धार गरिएको हो। चित्तललाई स्थानीय र वनका कर्मचारीले उद्धार गरेर धनगढी ल्याएका हुन्। चित्तलको शरीरमा घाउ छ।

चित्तलको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीमा उपचार गरिएको छ।  डिभिजन वन कार्यालयले पासोमा परेको अवस्थाबाट सोमवार चित्तलको उद्धार गरिएको बताएको छ। कैलालीका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार तथा तस्करी हुने गरेको छ।