Close This

नेपाल अमेरिका एकता समाजमा नयाँ नेतृत्व चयन

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23
Paschim Today

क्यालिफोर्निया (अमेरिका), ११ माघ ।

नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभाबाट निर्बिरोध नयाँ नेतृत्व चयन भएको छ । 

क्यालिफोर्नियाको लसएञ्जल्समा सम्पन्न समाजको साधारण सभाबाट आजीवन सदस्य रोशन अधिकारीको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्ष पदमा अर्जुन पौडेल, महासचिव पदमा शम्शेर भण्डारी, सचिव पदमा शम्भु शिवाकोटी तथा सदस्यहरुमा बविन थापा, नवराज मुडभरी, विदुर खड्का, मणिराम न्यौपाने र छत्र बहादुर बिष्ट  चयन भएका छन् ।

समाजका कार्यवाहक अध्यक्ष नविल पोखरेलको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो । साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो ।

साधारण सभा मार्फत चयन भएको नयाँ नेतृत्वलाई समाजका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, सूर्य प्रसाई,चन्द्र शिवाकोटी, नविन पोखरेल, श्री पशुपतिनाथ फाउण्डेशनका अध्यक्ष रामेश्वर भण्डारी लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूलाई विश्वास गरेर समाजको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा समाजका सम्पूर्ण साधारण सदस्यहरु प्रति आभार व्यक्त गरे । उनले समाजका सदस्यहरुको विश्वास खेर जान नदिने बताउदै सदैव रचनात्मक र सकारात्मक कार्य गर्ने प्रतिवद्वता व्यक्त गरे।

नयाँ कार्यसमिति चयन गर्नका लागि अग्नी चौलागाईको संयोजकत्वमा चन्द्र शिवाकोटी र डिल्ली थापा सदस्य रहेको निर्वाचन समिति बनाईएको थियो ।