Close This

भारतीय वायुसेनाको विमान दुर्घटना : एक पाइलटको शव फेला, दुई पाइलटको सकुशल उद्धार

शनिबार माघ १४, २०७९/ Saturday 01-28-23
एजेन्सी

नयाँ दिल्ली, मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ।

राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ । भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । बीबीसीसँग कुरा गर्दै मोरेनाका प्रहरी उपरीक्षक आशुतोष बागरीले ग्वालियर बेसबाट सुखोई–३० र मिराज–२००० लडाकू विमान उडेको बताए ।

सुखोई ३० लडाकु विमानमा दुई जना पाइलट रहेको र मिराज २००० मा एक जना पाइलट रहेको उनले बताए । आशुतोष बागरीले हावामा नै दुई विमानको टक्करको सम्भावनालाई अस्वीकार गरेका छैनन्। भारतीय वायुसेनाका अधिकारीले अनुसन्धान पूरा गरेपछि मात्रै वास्तविक कारण थाहा हुने उनले बताए ।