Close This

 देवदूतको नयाँ गीत गैँडा चुरोट सार्वजनिक  

आइतबार माघ १५, २०७९/ Sunday 01-29-23
केशव भट्टराई 

काठमाडौँ,१५ माघ  । गीतकार एवं गजलकार विदुर तिमल्सिना ‘देवदूत’ को शब्दमा  गैँडा चुरोट बोलको गीत सार्वजनिक भएको छ । सो गीत गायक दिनेश गौतम र अनु सिंहको स्वर सजिएको छ। भने उक्त गीत पुस्तक प्रसादले सङ्गीत भरेका छन्। सो गीत गायक दिनेश गौतमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गैँडा चुरोट बोलको सो गीतमा चर्चित मोडलद्धय प्रदीप बास्तोला र सृष्टि खड्काको अभिनय रहेको छ भने अर्जुन तिवारीले छायाङ्कन गरेका छन् । गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। रामचन्द्र गौतमको निर्माणमा तयार भएको गीतलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। 

यसअघि गीतकार विदुर तिमिल्सिनाले राजाको हात्ती, कसले सक्छ छ्ल्न, कति आउँछन् मोड जिन्दगीमा, उ कोरिबाटी चिटिक्क पर्दै  लगायतका गीत सार्वजनिक गरिसकेका छन् । 

उनका गीतमा प्रेम, जीवन, दर्शन, समाज , प्रकृति आदि विषयवस्तु भेटिन्छन् । गजल र मुक्तक लेखनमा तल्लीन रहेका तिमिल्सिनाले आगामी दिनमा पनि अझ मेहनतका साथ यस्तै गीतहरू सार्वजनिक गर्ने बताएका छन् ।