Close This

लालझाडीमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

बुधबार माघ १८, २०७९/ Wednesday 02-01-23
Paschim Today

कञ्चनपुर,१८ माघ । कञ्चनपुरको पुनर्वास स्थित लालझाडी युवा क्लब ११ ले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ  ।

संस्थाका सल्लाहकार स्वर्गीय विष्णु दानपालिको सम्झनामा लालझाडी गाँउपालिका वडा नम्बर १ नौरङ्गामा रहेको स्वास्थ्य केन्द्र भवनमा माघ २१ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए ।

सिपी अस्पताल धनगढीको सहयोगमा हुने स्वास्थ्य शिविरमा हाडजोर्नी , नशा रोगी , पेट सम्बन्धी लगायत अन्य बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा चेक जाँच गरिने जनाएको छ । क्लबका अध्यक्ष काशीराम बोहराका अनुसार वार्षिक कार्यक्रम मार्फत यस अघि साबिक बाइसी बिचुवा अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिसकेको छ ।

यस्तै क्लबले सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ पनि सम्पन्न गरिसकेको छ ।