Close This

पश्चिम नवलपरासीबाट १३३ बोरा गहुँ बरामद

बुधबार माघ १८, २०७९/ Wednesday 02-01-23
Paschim Today

नवलपरासी, १८ माघ । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बसहियाबाट प्रहरीले भन्सार छलेर ल्याएको गहुँ बरामद गरेको छ । स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

भन्सार छलेर अवैध रूपमा सो गहुँ भारतबाट ल्याएको प्रहरीको आरोप छ । करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयले बताए ।