Close This

अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाडौंमा पक्राउ

बुधबार माघ १८, २०७९/ Wednesday 02-01-23
Paschim Today

काठमाडौं, १८ माघ । कैलालीको लम्कीचुहा नगरपालिका–३ का २५ वर्षीय प्रकाश टमाटालाई अवैध यार्सागुम्बासहित काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

दुई किलो एक सय ३८ ग्राम अवैध यार्सागुम्बा सहित टमाटा पक्राउ परेका हुन्। उनी कीर्तिपुर नगरपालिका पाँगामा बस्ने गरेको प्रहरीले बताएको छ। उनीसँगै जुम्ला गोठीचौर गाउँपालिका–५ का ४० वर्षीय गोविन्द गिरी समेत फक्राउ परेका छन्।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले प्रकाशलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।  उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।