Close This

कालंगा जलविद्युत परियोजना केन्द्रिय प्रसारण लाईनमा जोडियो

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

धनगढी, १९ माघ ।
सुदुर पश्चिमको सबैभन्दा ठूलो ३८.४६ मेगावाटको अपर कालंगा जलविद्युत परियोजना सञ्चालनमा आएको छ ।

कांलगा बेसिनका अध्यक्ष उमेश श्रेष्ठले मंगलवार कालंगा जलविद्युत परियोजना केन्द्रिय प्रसारण लाईनमा जोडिएको जोडिएको जानकारी दिए ।

बझाङमा निर्मित कालंगा जलविद्युत परियोजना सुदूर पश्चिमको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलामा निर्माण गरिएको थियो ।