Close This

पक्राउ परेका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत ल्याइँदै

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

धनगढी,१९ माघ । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली जिल्ला अदालत ल्याइने भएको छ ।  उनलाई आजै नेपालगन्जबाट कैलाली जिल्ला अदालत ल्याउन लागिएको हो ।उनलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरस्थित बैजनाथपुरबाट पक्राउ गरेको हो । 

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। नागरिक उन्मुक्ती पार्टीबाट सासंदमा निर्वाचित चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार थिए। वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सासंद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरि तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो।  

८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई  क्षतीपुर्ती उपलब्ध गराउने समेत फैसला गरिएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतीपुर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन। अरुण चौधरी वि.सं. २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए।  

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईले प्रतिनिधि सभा सदस्य रहेको अरुण चौधरीसहित पशुराम चौधरी र बिर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

उक्त मुद्धामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले वि.सं. २०७० बैशाख ९ गते तीन जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो। अदालतले फैसला गरेर प्रहरीलाई त्यतीवेला नै पत्र पठाएपनि यस अघि प्रहरीले चासो नदिएकाले उनीहरु पक्राउ परेका थिएनन्। जिल्ला अदालतका न्यायधिस डल्लुराम चौधरीको ईजलाशले उक्त निवेदन अस्विकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो।