धनगढीमा सूचना प्रविधि मेला २०७९ आयोजना हुने
धनगढी,१ फागुन । कम्प्युटर एशोशियसन नेपाल कैलालीले फागुन दोस्रो साता धनगढीमा सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक) २०७९ आयोजना गर्ने भएको छ ।
कम्प्युटर एशोशियसन नेपाल कैलालीद्धारा सोमवार आयोजित पत्रकार सम्मेलनमा धनगढीमा फागुन १६ गते देखि २० गतेसम्म क्यान इन्फोटेक सञ्चालन हुने जानकारी दिइएको हो । सात वर्षपछि आयोजना हुन लागेको यो प्रदर्शनीको दोस्रो संस्करण हो । धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी आयोजना गरिएको थियो । दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन ।
कम्प्युटर एशोशियसन नेपालका केन्द्रीय उपाध्यक्ष हर्क सेटीले क्यान ईन्फोटेकबाट सूचना प्रबिधिका विषयमा अध्ययनरत विद्यार्थी र सूचना प्रबिधि व्यवसायीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उनले सूचना तथा प्रबिधि विषयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनार समेत आयोजना गरिने बताए ।
प्रदेशका अध्यक्ष धन बहादुर बोगटीले कोभिडपछि उत्पन्न आर्थिक संकट र तमाम चुनौतीका बीच क्यान ईन्फोटेक आयोजना गर्न लागिएको बताए ।
क्यान ईन्फोटेक कमिटिका निर्देशक टेकराज पनेरुले क्यान ईन्फोटक सञ्चालनका क्रममा हुने बचतलाई सामाजिक क्षेत्रमा लगानी गर्ने बताए । पनेरुले भने, व्यवसायसंगै हामी सामाजिक उत्तरदायित्व निर्बाह गर्ने सोचका साथ ईन्फोटेकका क्रममा हुने बचत कुनै विद्यालयको शैक्षिक सुधार तथा छात्रबृतिमा सहयोग गर्नेछौ ।
मेलामा सूचना तथा प्रबिधिका क्षेत्रमा भएका नविनतम विकास र प्रबिधिहरु प्रदर्शनी गर्नुका साथै साईबर सेक्युरेटी सम्बन्धी जानकारी दिइने प्रदर्शनी मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए ।
संयोजक धामीले अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रबिधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ ।
एसोसियन कैलालीका अध्यक्ष यज्ञराज ओझाले क्यान ईन्फोटेकको दोस्रो संस्करण २०२० मा सञ्चालन गर्ने भनिए पनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए ।
उनले क्यान ईन्फोटेकमा मुख्य प्रायोजन नेपाल टेलिकम लगायत सम्पूर्ण सहयोगी संघसंस्था तथा व्यवसायीक प्रतिष्ठानहरु प्रति आभार व्यक्त गरे ।
पत्रकार सम्मेलनमा नेपाल टेलिकम धनगढीका प्रमुख बलराम जोशीले सूचना प्रबिधिका क्षेत्रमा एशोसिसयनले गर्ने प्रदर्शनी लगायतका कार्यक्रममा टेलिकमका तर्फबाट सधै सहयोग र सहकार्य गर्ने बताए ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी प्रदर्शनीमा सूचना तथा प्रबिधिका क्षेत्रका व्यवसाय, अध्यापन र काम गर्ने बिभिन्न कम्पनी र संघसंस्थाका ५० वटा स्टल रहने छन् । सुदूर पश्चिमका नौ वटा जिल्लाका एक लाख भन्दा बढि व्यक्तिले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा प्रदर्शनीमा सूचना प्रबिधिका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति र आईटी सेमिनार तथा प्रबिधिको प्रदर्शन गर्ने व्यक्तिलाई सम्मान गर्ने जानकारी गरिएको थियो ।
कम्प्युटर एशोशियसन नेपाल पत्रकार सम्मेलनमा केन्द्रीय सचिव कर्ण राज पनेरु लगायत क्यानका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलन क्यान कैलालीका अध्यक्ष ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया