Close This

सुदूर पश्चिम समाज केन्टुकीले मनायो धुमधामसंग होली

सोमबार फागुन २२, २०७९/ Monday 03-06-23
Paschim Today

केन्टुकी(अमेरिका),२१ फागुन ।
अमेरिकाको केन्टुकी राज्यका सुदूरपश्चिमेलीहरुले रंगको पर्व होली धुमधामसंग मनाएका छन् ।

सुदुर पश्चिम समाज केन्टुकीद्धारा आयोजित होली मिलन कार्यक्रममा उपस्थित भएका सुदूरपश्चिमेलीहरुले एक अर्कालाई रंग लगाएर होली मनाएका हुन् । बिगत १० वर्षदेखि सुदुर पश्चिम समाज केन्टुकीले होली मनाउदै आएको छ । सोही क्रममा यस पटक पनि समाजले होली कार्यक्रम आयोजना गरेको हो ।

सुदूर पश्चिम समाजका संस्थापक अध्यक्ष उद्धव राज उप्रेतीको नेतृत्वमा आयोजित कार्यक्रममा केन्टुकी राज्यमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

होली मिलन कार्यक्रममा एक अर्कालाई रंग लगाएर उल्लासपूर्वक होली मनाएका सुदूर पश्चिमेलीहरुले डेउडा खेल्नुका साथै सुदूरपश्चिमेली भाकामा नृत्य समेत गरे ।

समाजका अध्यक्ष उप्रेतीले सुदूरपश्चिमेलीहरुलाई होलीको शुभकामना दिने क्रममा आफ्नो संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिए । उप्रेतीले सुदूर पश्चिम समाजको निमन्त्रणालाई स्वीकार गरेर होली मिलन कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए ।

होली मिलन कार्यक्रममा समितिका उपाध्यक्ष चुडामणि अवस्थी, सचिब मन बहादुर शाह, कोषाध्यक्ष बिपिन पन्त, सह सचिब गोबिन्द अवस्थी, सदस्यहरु  प्रकाश पाण्डे, प्रकाश थापा, रेखा जोशी, त्रिलोक सिंह ऐर, अर्चना शाही, टंक न्यौपाने, निरञ्जन कुस्मी, बिबेक ढकाल  बिशेष सल्लाहकार नारायण भट्ट, रेखा भट्ट, मदन राज भट्ट खेम सिंह धामी को सक्रिय सहभागिता रहेको थियो ।

सुदुर पश्चिम समाज केन्टुकीले गौरा, होली,  दशैं, दीपावली लगायतका चाड पर्व र सुदूर पश्चिमको मौलिक संस्कृति र परम्पराको जर्गेनाका लागि बिभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ ।