Close This

विश्वासको मतबारे निर्णय लिन कांग्रेसले बोलायो बैठक

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

काठमाडौँ,४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसले भोलि (आइतबार) बिहान १०ः३० बजे नयाँ वानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकलगत्तै कांग्रेस कांग्रेस संसदीय दलको बैठक तय गरिएको छ। दिउँसो १२ बजे संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकिएको छ।