Close This

टीकापुरमा तीन दिने साहित्य महोत्सव हुँदै

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

धनगढी, ४ चैत्र । कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो । महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला संस्कृति, भाषा, ऐतिहासिक महत्व र पुरातात्वि महत्वबारे बहस हुनेछ ।

आज पत्रकार सम्मेलन गरी महोत्सव आयोजक संस्था टीकापुर साहित्य समाजले महोत्सवबारे जानकारी गराएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा २१ वटा सेसनमा अन्तर्क्रिया गरिने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिएका छन् । महोत्सवमा देशभरका एक सय पचासभन्दा धेरै साहित्यकारको सहभागिता रहने छ ।