Close This

प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउन १० दल एकमत

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

काठमाडौँ,४ चैत । सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।

शनिबार बालुवाटारमा बसेको बैठकमा दलहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले समर्थन गर्न लागेको हो ।