Close This

कैलालीको टीकापुरमा साहित्य महोत्सव हुने

आइतबार चैत ५, २०७९/ Sunday 03-19-23
Paschim Today

टीकापुर ,५ चैत । कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ। यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो।

महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ। महोत्सव आयोजक संस्था टीकापुर साहित्य समाजले महोत्सवबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। तीन दिनसम्म चल्ने महोत्सवमा २१ वटा सेसनमा अन्तक्र्रिया गरिनेछ।

आयोजकका अनुसार महोत्सवमा मूर्धन्य लेखक, कवि, साहित्यकार तथा पत्रकारसँग भाषा, साहित्य, कला, रङ्गमञ्च, चलचित्रलगायतका विविध विषयमा छलफ तथा अन्तक्र्रिया हुने बताइएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशको कला, संस्कृतिको जर्गेना गर्ने साहित्यमार्फत सामाजिक सद्भाव विकास गर्ने तथा प्रदेशका प्रतिभाशाली कलाकार, गायक, कवि तथा लेखकका रोचक रचना महोत्सवमा प्रस्तुत गरिने छ ।