Close This

अमेरिकाबाट जीवन बमद्धारा टीकापुर साहित्य महोत्सवमा एक लाख रुपैया सहयोग

बुधबार चैत ८, २०७९/ Wednesday 03-22-23
Paschim Today

धनगढी, ८ चैत ।
साहित्य मार्फत सद्भाव भन्ने नाराका साथ चैत अन्तिम साता टीकापुरमा आयोजना गर्न लागिएको टीकापुर साहित्य महोत्सव २०७९ लाई सफल पार्न देश भित्र र बाहिर रहेका साहित्य प्रेमीहरुले सहयोग गर्ने क्रम तिब्र भएको छ ।

यसै क्रममा अमेरिकाको न्युयोर्कमा व्यवसाय गर्दै आएका टीकापुरका जीवन बम (जंग) ले एक लाख रुपैया सहयोग गरेका  छन् ।
उनले साहित्य महोत्सव आयोजना तथा टीकापुर साहित्य समाज पुरस्कार अक्षयकोष स्थापनाका लागि एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।

टीकापुर घट्नापछि परेको नकारात्मक छापलाई मेटाउन टीकापुर साहित्य समाजले चैत २५ देखि २७ गतेसम्म टीकापुर साहित्य महोत्सव आयोजना गर्न लागेको हो ।