Close This

एनआरएन महासचिव जोशी द्धारा टीकापुर साहित्य महोत्सवमा एक लाख रुपैया सहयोग

बिहीबार चैत ९, २०७९/ Thursday 03-23-23
Paschim Today

धनगढी, ९ चैत ।
साहित्य मार्फत सद्भाव भन्ने नाराका साथ चैत अन्तिम साता टीकापुरमा आयोजना गर्न लागिएको टीकापुर साहित्य महोत्सव २०७९ लाई सफल पार्न देश भित्र र बाहिर रहेका साहित्य प्रेमीहरुले सहयोग गर्ने क्रम तिब्र भएको छ ।

यसै क्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका महासचिव गौरी जोशीले एक लाख रुपैया सहयोग गरेका छन् ।

उनले साहित्य महोत्सव आयोजना तथा टीकापुर साहित्य समाज पुरस्कार अक्षयकोष स्थापनाका लागि एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।

यसअघि अमेरिकाको न्युयोर्कमा व्यवसाय गर्दै आएका टीकापुरका जीवन बम (जंग) र बासुदेव अधिकारीले एक/एक लाख रुपैया सहयोग गरेका  छन् ।

टीकापुर घट्नापछि परेको नकारात्मक छापलाई मेटाउन टीकापुर साहित्य समाजले चैत २५ देखि २७ गतेसम्म टीकापुर साहित्य महोत्सव आयोजना गर्न लागेको हो ।