Close This

एक्सिस विद्याश्रमका विद्यार्थीहरुद्धारा रक्तदान

बिहीबार चैत ९, २०७९/ Thursday 03-23-23
Paschim Today

धनगढी, ९ चैत ।
एक्सिस बिद्याश्रम कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले आज रक्तदान गरेका छन । एक्सिस युथ रेडक्रसले आयोजना गरेको  रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको युथ रेडक्रसका संयोजक शंकर खडकाले बताए ।

हरेक बर्ष कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु र युथ रेडक्रस सर्कलले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बिद्यालयकी प्राचार्य अनिता पन्तले बताइन ।

विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा मानविय कार्यमा अभिरुची बढाउनका लागि बिद्यालयले बिगत छ बर्षदेखि कक्षा १२ का बिद्यार्थीहरुको अगुवाईमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको प्राचार्य पन्तले जानकारी  दिईन ।