Close This

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु

शुक्रबार चैत १०, २०७९/ Friday 03-24-23
Paschim Today

धनगढी, १० चैत । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजबाट सुरु भएको छ । 
भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली नारी साहित्य महोत्सवको आयोजना गरेको हो । एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महोत्सवको उद्घाटन गरे । 
महोत्सवमा नेपालसहित भारत, भुटान, अमेरिया लगायतबाट नेपाली भाषी साहित्यकारहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । साहित्य महोत्सव दिन दिनसम्म चल्नेछ ।