Close This

अमेरिकाको टेक्सासबाट प्रेम शाहीद्धारा टीकापुर साहित्य महोत्सवमा एक लाख रुपैया सहयोग

आइतबार चैत १२, २०७९/ Sunday 03-26-23
Paschim Today

धनगढी, १२ चैत ।
साहित्य मार्फत सद्भाव भन्ने नाराका साथ चैत अन्तिम साता टीकापुरमा आयोजना गर्न लागिएको टीकापुर साहित्य महोत्सव २०७९ लाई सफल पार्न देश भित्र र बाहिर रहेका साहित्य प्रेमीहरुले सहयोग गर्ने क्रम तिब्र भएको छ ।

यसै क्रममा अछामको बिनायक घर भई हाल अमेरिकाको टेक्सासमा व्यवसाय सञ्चालन गर्दै आएका प्रेम शाहीले एक लाख रुपैया सहयोग गरेका छन् ।

उनले साहित्य महोत्सव आयोजना तथा टीकापुर साहित्य समाज पुरस्कार अक्षयकोष स्थापनाका लागि एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।

यसअघि गैर आवासीय नेपाली संघका महासचिव गौरी जोशी, अमेरिकाको न्युयोर्कमा व्यवसाय गर्दै आएका टीकापुरका जीवन बम (जंग)र बासुदेव अधिकारीले एक/एक लाख रुपैया सहयोग गरेका  थिए ।

टीकापुर घट्नापछि परेको नकारात्मक छापलाई मेटाउन टीकापुर साहित्य समाजले चैत २५ देखि २७ गतेसम्म टीकापुर साहित्य महोत्सव आयोजना गर्न लागेको हो ।