Close This

सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने

सोमबार चैत १३, २०७९/ Monday 03-27-23
Paschim Today

काठमाडौं, १३ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको छ । सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाती, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

मूल्याङ्कनमा उत्कृष्ट अंक ल्याउने ९ जनालाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रति विद्यार्थी प्रति वर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ । त्यसका लागि चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा पास भएको हुनुपर्नेछ । आवेदन १२ चैतदेखि २६ चैतसम्म दिन सकिनेछ ।

sudur