Close This

भोलिदेखि पुनर्वासमा कोभिड १९ विरुद्धको बुस्टर डोज लगाइने

बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23
Paschim Today

कञ्चनपुर,१६ चैत । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कोभिड १९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ ।

नगरपालिकाले भोलि चैत १७ गतेदेखि २० गतेसम्म ५५ वर्ष उमेर समूह भन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर डोज लगाइने भएको हो  । ५५ वर्ष भन्दा माथिका पहिलो बुस्टर डोज लगाउन छुटेकाहरूलाई कोभिड १९ विरुद्धको बुस्टर डोज लगाउन लागेको हो ।

यस्तै १२ वर्ष भन्दा माथिका दिर्घरोगी भएकाहरू, गर्भवतीहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई कोभिड १९ विरुद्धको फाइजर बाइभेलेन्ट खोपको पहिलो बुस्टर र  लक्षित समूहले पहिलो बुस्टर लिएको ६ महिना अवधि पुरा भएकाहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिइन लागेको नगरपालिकाका स्वास्थ्य संयोजक राम बहादुर धामीले बताए ।नगरपालिकाका ११ वटै खोप केन्द्रबाट खोप लगाउन धामीले जानकारी दिए ।