धनगढीमा लागूऔषधसहित २ जना पक्राउ
बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23
Paschim Today
धनगढी, १६ चैत्र । धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति कैलाली प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया